News

संग्रौलाको प्रश्न– ओली जस्तै हुनु थियो त माधव गुट किन फुटेको ?

संग्रौलाको प्रश्न– ओली जस्तै हुनु थियो त माधव गुट किन फुटेको ?

लेखक खगेन्द्र संग्रौलाले ओली जस्तै हुनु थियो भने माधव गुट किन फुटेको भन्दै आलोचना गरेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा उपाध्यक्ष संख्या धेरै भएको भन्दै उनले आलोचना गरेका हुन् ।

एकिकृत समाजवादीमा पदाधिकारी छनौटमा ओली प्रवृत्तिकै पुनरावृत्ति देखिएको भन्दै उनले विहिवार साँझ सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्–‘धन्न माधव गुट ख्याउटे हुनाले उपाध्यक्ष ७ थान मात्र भएछन! यो भन्दा तीन गुना ठूलो भको भए उपाध्यक्ष २१ थान हुन्थे अथबा उपाध्यक्षका लागि रगतको खोलो बग्थ्यो। पदको लालसा, पैसाको लोभ र अहंकारको प्रदर्शन त ओली प्रवृत्तिको विशेषता पो हो। ओली जस्तै हुनु थियो त माधव गुट किन फुटेको?’

नेकपा (एकीकृत समाजवादी) को विहिवार वसेको सचिवालयको बैठकले राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह, जयन्ती राई, केशवलाल श्रेष्ठ र घनेन्द्र बस्नेतलाई उपाध्यक्षमा चयन गरेको थियो ।

यसैगरी, केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, रामकुमारी झाँक्री र राजेन्द्र राईलाई सचिवमा प्रस्तावित गरिएको छ।

 http://

 

खगेन्द्र संग्रौला

विशेष