News विदेश मुख्य समाचार

अमेरिकी अधिकारवादी समूहद्वारा उइगर अभियन्ताकी बहिनीलाई चीनले बेपत्ता गरेको भन्दै निन्दा 

अमेरिकी अधिकारवादी समूहद्वारा उइगर अभियन्ताकी बहिनीलाई चीनले बेपत्ता गरेको भन्दै निन्दा 

वाशिङ्टन। अमेरिकास्थित एक अधिकारवादी समूहले उइगर अभियन्ताकी बहिनीलाई चीनले बेपत्ता पारेको भन्दै आपत्ति जनाएको छ। तीन वर्षअघि चीनले उइगर अभियन्ताकी बहिनीलाई चिनियाँ अधिकारीहरुले बेपत्ता बनाएका थिए। 

उइगरहरुको अधिकारका लागि आवाज उठाइरहेकी उइगर अभियानकी कार्यकारी निर्देशक रुसान अब्बासकी बहिनी डा. गुल्सन अब्बासलाई तीन वर्षअघि बेपत्ता पारिएको थियो। गुल्सनको छोरी जिबा मुरातले आफ्नो आमाको रिहाइ माग गर्दै सामाजिक सञ्जालमार्फत एक अभियान चलाएकी थिइन्। 

२०१८ सेप्टेम्बर ११ मा बेपत्ता पारिएकी गुल्सन चीनको सिन्जियाङमा रहेको यातना शिविरमा राखिएको बताइएको छ। उनले तीन वर्षदेखि शान्तिपूर्ण जीवन बिताउन रोक लगाएको भन्दै अमेरिकी अधिकारवादी समूहले आपत्ति जनाएको हो। 

उनको परिवारलाई पनि सत्य बोलेको आरोप लगाउँदै उनीहरुमाथि पनि दुःख दिने गरेका छन्। चीनले सिन्जियाङमा रहेको उइगरहरुलाई यातना शिविरमा राखेर यातना दिने गरेका छन्। 

चिनियाँ अधिकारीहरुले उइगरहरुलाई नियन्त्रणमा लिएर हिरारसतमा राख्ने र उनीहरुलाई जबरजस्ती श्रम शोषण गर्ने काम भइरहेको छ। सांस्कृतिक र धार्मिक सफाया गर्ने अभियान अन्र्तगत चिनियाँ अधिकारीहरुले उइगरहरुलाई यातना दिने गरेका छन्। 

अस्ट्रेलियाको एक स्वतन्त्र अनुसन्धान निकायले चीनको सिन्जियाङमा करिब १० लाखलाई हिरासतमा राखेको बताएको छ। चीनले मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै पश्चिमा मुलुकहरुले चर्को विारोध गर्दै सिन्जियाङमा अधिकारीहरु र सिन्जियाङमा उत्पादित सामग्रीहरुमा प्रतिबन्ध लगाइरहेको छ। 

विशेष