News

राजावादीको प्रदर्शनमा पूर्व युवराज्ञी हिमानी, राजनीतिमा नयाँ मोड

राजावादीको प्रदर्शनमा पूर्व युवराज्ञी हिमानी, राजनीतिमा नयाँ मोड

राजतन्त्रको अन्त्य र लोकतन्त्रको उदयसँगै हिमानी ट्रष्टमार्फत समाज सेवामा सक्रिय रहेकी पूर्व युवराज्ञी हिमानी शाह राजावादी जुलुसमा पनि देखिन थालेकी छिन् । 

तराई मधेस राजावादी संगठन, नेपालले बुधबार आयोजना गरेको प्रदर्शनमा हिमानी प्रत्यक्ष सहभागी भएकी छिन । 

ट्रष्टमार्फत सामाजिक कार्यमा सहभागी हिमानी राजतन्त्र पुनस्र्थापना पक्षधरको प्रदर्शनमा पहिलो पटक देखिएकी हुन । अत्य कार्यक्रममा प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्दै आएपनि कार्यक्रममा स–शरीर सहभागी भएको सम्भवतः यो पहिलो हो ।

प्रदर्शनमा सहभागिहरुले ०४७ को संविधान लागू गर, हिन्दूराष्ट्र कायम गर, राजा आऊ, देश बचाऊजस्ता नारा लगाएका थिए । 

राजसंस्था स्थापनालाई आफ्नो मुद्दा बनाएर दर्जन बढी संघ–संगठन सक्रिय छन् । यस्ता संगठनहरूले सञ्चालन गर्ने गतिविधिमा पूर्वयुवराज पारस शाह सहभागी हुने गरे पनि पूूर्वराज परिवारका अन्य सदस्य स–शरीर सहभागी बनेको देखिएको थिएन।

हिमानीको यो प्रयासले नयाँ मोड लिन सक्ने वताईन्छ। पूर्वयुवराज पारस घर छोडेर आफुखसी हिड्न थालेपछि हिमानीले आफनो सकृयता वढाएको पाईन्छ। 

विशेष