News समाज

लाइसेन्सको ट्रायल दिँदा आफ्नो साधन प्रयोग गर्न नपाईने

लाइसेन्सको ट्रायल दिँदा आफ्नो साधन प्रयोग गर्न नपाईने

यातायात व्यवस्था विभागले ब्यवसायी पोस्न रातारत ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ परिवर्तन गरेको खुलेको छ।

लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नै सवारीबाट दिन नपाइने ब्यवस्था विभागले ब्यवसायीको हित हेरर परिवर्तन गरेको छ। साउनबाट लागु हुने गरी २०७७ चैत १९ गते जारी गरेको  निर्देशिकामा आफ्नो सवारीबाटै प्रयोगात्मक परीक्षा दिन सकिने व्यवस्था थियो ।

तर, भदौ ८ गते निर्देशिकामो संशोधन गरेर सो व्यवस्था हटाएको छ । अब परीक्षार्थीले ट्रायल सेन्टरमा निजी कम्पनीले राखेका थोत्रा सवारी साधन उनीहरुले नै तोकेको मुल्य तिरेर चलाउनु पर्नेछ।

ब्यवसायीले चर्को दवाव दिएपनि शुरुमा संशोधन गर्न नचाहेको विभागले ‘लाइसेन्स कार्यालयहरुबाट पनि ट्रायलमा परीक्षार्थीको सवारीसाधन प्रयोग उपयुक्त नहुने सुझाव आएको’ भन्दै नियम परिवर्तन गरेको हो ।

अहिले ट्रायल सेन्टरहरुले एक परीक्षार्थीबाट सवारीको किसिमअनुसार २०० देखि ५०० रुपैयाँसम्म असुलिरहेका छन् । लाइसेन्स कार्यालयहरुले आफूले ट्रायल लिने सवारीको व्यवस्था नगरी ट्रायल सेन्टरमा विना प्रतिस्पर्धा निजी कम्पनीहरुलाई छाडिदिएका छन्।

विभागले निर्देशिकामा अन्य संशोधन पनि गरेको छ । लिखित परीक्षामा अब ४÷४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । यसअघि ५÷५ अंकको २० प्रश्न सोध्ने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । यसअघि ७० अंक अनिवार्य गरिएको थियो ।

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ । 

यातायात व्यवस्था विभाग सवारी चालक अनुमतिपत्र

विशेष