News विदेश मुख्य समाचार

आईएसकेपीका आमिर असलाम र पाकिस्तानको रोचक सम्बन्ध भएको खुलाासा

आईएसकेपीका आमिर असलाम र पाकिस्तानको रोचक सम्बन्ध भएको खुलाासा

काबुल। अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलामा भएको आक्रमणमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने भन्दै खोजी गरिरहेको समयमा इस्लामिक स्टेट खोरासन प्रान्त (आईएसकेपी) ले आत्मघाती बम हमलामा संलग्नको नाम र फोटो सार्वजनिक गरेको छ। 

ती आत्मघाती बम हमला गर्ने व्यक्ति अब्दुल रहमान अल लोगारी रहेको र उनले विमानस्थलमा रहेको तालिान र अमेरिकी सेनाको सुरक्षा घेरा तोडेर विमानस्थलमा प्रवेश गरेको पाइएको छ।आईएसकेपीले सार्वजनिक गरेको दाबी पत्रमा अमेरिकी सेना र उसका अफगानी समर्थकहरु तथा जासुसहरुलाई निशाना बनाइएको बताइएको छ। आईएसकेपीको निशानामा तालिबान नभएको प्रस्ट्याएको छ। 

 काबुल विमानस्थल आक्रमणले अफगानिस्तान आतंकवाद र आतंककारीको दलदल बनिरहने देखाएको छ। सन् २०२० को मार्च २७ मा रावलपिण्डिमा भएको गुरुद्वारा आक्रममणमे मुख्य योजनाकार असलाम फारुकी रहेको खुलेको छ। 

अप्रिल ४, २०२० मा अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालय (एनडीएस) काबुल गुरुद्वारा हमलामा एक भारतीय र दुई अफगान सिखहरु मारिएपछि आईएसकेपीका तथाकथित अमीर माल्लवी अब्दुल्ला उर्फ ​​असलम फारुकीलाई पक्राउ गरेको थियो। उनी एक पाकिस्तानी नागरिक, भएको खुलेको छ। 

फारुकी पाकिस्तानमा रहेको आतंकवादी समूह लश्कर ए तैयबा (एलईटी) सँग जोडिएको पाइएको छ। जो काबुल र जलालाबादमा हक्कानी नेटवर्क र तहरीक ए तालिबान पाकिस्तानसँग मिलेर अप्रिल २०१९ मा आईएसकेपी प्रमुखमा बनेको पाइएको छ। मावलवी जिया उल हक उर्फ ​​अबु उमर खोरासानीको ठाउँमा पाकअफगान सीमामा ओराकजई एजेन्सीका एक मामोजाई आदिवासी फारुकी चार अन्य पाकिस्तानी नागरिकहरु सहित पक्राउ परेका थिए। 

तालिबानले काबुलमाथि कब्जा जमाएपछि फारुकी अफगानिस्तानको जेलबाट अन्य आतंकवादी जस्तै रिहा भएका थिए। उनी पछिल्लो पटक बाग्राम जेलमा थुनामा थिए। थुनामुक्त भएलगत्तै फेरि आक्रमणका गतिविधिहरु बढाएका हुन्। 

विशेष