विदेश Breaking News मुख्य समाचार राजनीति

चीनको बेल्ट एण्ड रोड परियोजनाले दक्षिण एसियाको वातावारणमा ठूलो क्षति : रिपोर्ट 

चीनको बेल्ट एण्ड रोड परियोजनाले दक्षिण एसियाको वातावारणमा ठूलो क्षति : रिपोर्ट 

एम्स्टर्डम । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ले दक्षिण एसियाली मुलुकहरुको वातावरणमा ठूलो क्षति पुर्याएको छ । दक्षिण एसियामा बीआरआईमार्फत दिगो विकास मोडेलको सुविधाको लागि अवसरहरु सिर्जना गर्ने प्रतिबद्धता गरेको चीनले आर्थिक, कानूनी र सार्वभौमिकताको मुद्दाबाहेक पर्यावरणीय जोखिमहरु पनि निम्त्याएको छ । 

जलवायु परिवर्तनको नकारात्मक वातावरणीय प्रभावबाट दक्षिण एसिया मुख्य रुपमा प्रभावित हुने क्षेत्रहरु मध्ये एक हो । बीआरआई सन् २०१३ मा बेइजिङले घोषणा गरेको थियो । सन् २०१३ पछि एसियाली मुलुकहरुमा बीआरआईको विस्तार भएको पाइन्छ ।  

दक्षिण एसियाली अध्ययनको लागी यूरोपीयन फाउन्डेसनले तयार गरेको एक रिपोर्टका अनुसार चीनको बीआरआईले दक्षिण एसियाको वातावरणमा ठूलो संकटको अवस्था निम्त्याएको छ । 

दक्षिण एसियासहित विश्वभर मा भौतिक पूर्वाधारमा लगानी गरेर चीन आफ्नो वैश्विक आर्थिक र राजनीतिक भूमिका सुदृढीकरण र विस्तार गर्न चाहन्छ ।  वैश्विक आर्थिक अन्तरक्रियालाई अझ सहज बनाउनका लागि चीनले बीआरआईलाई निरन्तर विस्तार गरिरहेको छ । 

पर्यावरणीय कुजनेट्स कर्भ (ईकेसी) प्रतिवेदनका अनुसार दक्षिण एसियाको वातावरणीय प्रवृत्ति सामान्यतया विकासको गतिसँग मेल खान्छ, जसले बढ्दो औद्योगिकीकरणको माध्यमबाट प्रदूषण निम्त्याउँछ, जुन दक्षिण एसियाको प्रमुख पर्यावरणीय विशेषताहरु मध्ये एक बनेको छ ।

यो द्रुत औद्योगीकरणको प्रत्यक्ष परिणामको रूपमा प्रदूषण बढेको छ, ऊर्जा र संसाधन संस्थान, २०१९ मो रिपोर्टमा उल्लेख छ । सहरी क्षेत्रहरुमा वायु प्रदूषण अझ चरम छ, यस क्षेत्रको जनसंख्याको ९१.२ प्रतिशत जनसंख्या ३५ मिलीग्राम प्रति घनमिटरको दरमा प्रदूषण रहेको छ ।  जसले दक्षिण एसियाली वायुलाई विश्वको सबैभन्दा प्रदूषित बनाएको छ ।

औद्योगिक बृद्धिको एक स्पष्ट विकासात्मक तर्क बीआरआई हो र यसले पर्यावरणीय गिरावटलाई अझ तीव्र पारेको छ । चीनको लागि, भौतिक पूर्वाधारको निर्माण, यातायात र ऊर्जा नेटवर्कको विस्तारले पर्यावरण विनाश गर्नुका साथै प्रदुषण बढाउने काम गरेको छ । 

पाकिस्तानको चीन पाकिस्तान आर्थिक करिडोरले वातावरणीय विनाश र प्रदुषण वृद्धिको पछिल्लो उदाहरण भएको जनाइएको छ । यस्तै अफ्रिकी मुलुकहरुमा पनि बीआरआईको नाममा विस्तार गरिएका परियोजनाहरुले प्राकृतिक संसाधनको दोहनका साथै प्रदुषणमा तीव्र वृद्धि भएको छ । 

विशेष