News राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक सुरु भएको हो ।

आज र भोलि बस्ने बैठकमा विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुदैछ भने राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय भएको  छ । 

नेकपा एमाले केन्द्रीय कमिटी बैठक

विशेष