News अर्थ स्वास्थ्य

सेनिटरी प्याडमा भ्याट र कर लगाउने निर्णयले अर्थमन्त्री शर्मा विवादमा

सेनिटरी प्याडमा भ्याट र कर लगाउने निर्णयले अर्थमन्त्री शर्मा विवादमा

सेनिटरी प्याडमा कर लगाउने निर्णय गरेपछि अर्थमन्त्री जनार्दन शर्मा विवादमा परेका छन् । महिलाहरुको स्वास्थ्यसँग जोडिएको वस्तुलाई विलासिताको सामान भन्दै कर लगाईएपछि उनीविवादमा तानिएका हुन ।

उनी विरुद्ध युवती तथा महिलाहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न थालेका छन् । सामाजिक सञ्जालमा समेत चर्को विरोध भइरहेको छ । बिहीबार दिउँसो माइतीघर मण्डलामा युथ कांग्रेस नेपालका आयोजनामा विरोध प्रदर्शन गरिएको छ।

‘रातो कर खारेज गर,’ ‘सेनिटरी प्याड विलासिता होइन आवश्यकता हो,’ ‘सरकार महिनावारीमा कर कहिलेसम्म ?,’ ‘तोहर स्त्री दबनुवा कानुन हम ना मानबौ’ (स्त्री दबाउने तिम्रो कानुन हामी मान्दैनौं) इत्यादि नारा लेखिएका प्लेकार्ड वोलेर प्रदर्शन गरिएको थियो ।

सरकारले सेनिटरी प्याडमा भ्याट र कर लगाउने निर्णय गरेपछि केही दिनयता प्याडको मूल्यमा वृद्धि भएको छ । आफूहरूको अत्यावश्यक सामानमा मूल्य बढाइएको भन्दै महिला तथा युवतीले आवाज उठाईरहेका छन् । 

एक वर्षअगाडि पनि महिला समूहरूले प्याडमा लगाइएको कर हटाउनुपर्छ भनेर विरोध गरेका थिए । ‘प्याड टु गो नेपाल’ ले हस्ताक्षर अभियान नै चलाएको थियो । ‘स्यानिटरी प्याड विलासिताको बस्तु हैन । अत्यावस्यक बस्तु हो । यसलाई करमुक्त गरेर आर्थिक भार कम गरौं । सबैको कमाइ र आर्थिक स्रोत तपाइँको जस्तै छैन ।’ भन्दै उनीहरुले दवाव सृजना गरिरहेका छन् ।

स्वास्थ्य शिक्षालाई निशुल्क मानिएको देशमा स्यानिटरी प्याडमा कर लगाउनु चै कुन वैज्ञानिक समाजवाद हो भन्दै महिलाहरुले प्रश्न गरिरहेका छन् ।

उनले यो विषयमा प्रधानमन्त्री शेरवहादुर देउवासँग छलफल नै नगरेको पाईएको छ। त्यसैले देउवा पनि अर्थमन्त्री शर्मासँग रुष्ट वनेका छन् । एकलौटी कार्यशैलीबाट प्रधानमन्त्री देउवा असन्तुष्ट बनेको स्रोतले जनाएको छ। 

खासगरी आफूलाई थाहै नदिइ बजेटमा निजी लगानीको स्रोत खुलाउन नपर्नेलगायतका विषयमा देवाउवाको असन्तुष्टि छ। शर्माका यस्ता कृयाकलापले सरकार विवादमा पर्ने र आम जनतामा नकारात्मक धारणा बन्ने देउवाको चिन्ता छ।

देउवाले यसबारे नेकपा माओवादी केनद्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डसँग पनि गुनासो गरेको जनाईन्छ। 

जनार्दन शर्मा सेनिटरी प्याडमा कर

विशेष