News राजनीति

आफनै अडानमा अडिन नसक्दा 'यता न उता' भए वामदेव, राजिनामा अस्विकृत

आफनै अडानमा अडिन नसक्दा 'यता न उता' भए वामदेव, राजिनामा अस्विकृत

वामदेव गौतमले पार्टीका सबै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकार गरेको छ । गौतमले भदौ १८ गते पार्टीबाट राजीनामा दिएका थिए ।

एमाले विभाजित भएपछि पनि तटस्थ गौतमले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर जान बार्गेनिङ गरिरहेका थिए । तर एमालेबाट राजीनामा दिए पनि उनी हाल कतै गएका छैनन् । गौतमलाई नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि स्वागत नगरेपछि अहिले यता न उताको अवस्थामा छन् ।

अध्यक्ष ओलीसँग मिलेर कुनै हालतमा एमालेमा बस्न नसकिने अडान लिएका उनले पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग संवाद बढाएका थिए । तर समाजवादीले बिहीबार सबै पदाधिकारीको टुंगो लगाउँदा पनि उनले ठाउँ पाएनन् ।

यसअघि गौतमले एकीकृत समाजवादीमा जान नेपालले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद स्वीकार्नुपर्ने अडान लिएका थिए । ओलीकै कारण एमालेमा बस्न नसक्ने निचोड निकालेका उनले राजीनामा दिएपछि समाजवादीमा जान शर्त राखेका थिए । उनी पुस ५ मा प्रतिनिधिसभा विघटन भएयता तटस्थ बस्दै आएका थिए ।

एमालेमा खरो स्वभावका प्रभावशाली नेता गौतम अहिले आफ्नै अडानमा अडिन नसक्दा राजनीतिको सुन्य अवस्थातर्फ अग्रसर हुन थालेका छन् । उनको भुमिका निष्प्रभावी हुँदै गएको छ।

उनी एमाले छोडिसकेकाले त्यहाँ नफर्किने र एकीकृत समाजवादीमा पनि नजाने मनस्थितिमा रहेको उनी निकट एक नेताले बताए। एमालेमै हुँदा गौतमको पक्षमा १६ केन्द्रीय सदस्य र ८ भन्दा बढी संघीय सांसद थिए।

प्रदेश र स्थानीय तहमा पनि उनी पक्षका उल्लेखनीय जनप्रतिनिधि थिए। तर, नेकपा विभाजनसँगै उनमा देखिएको अलमलका कारण धेरैले उनको साथ छोडे। कतिपय केपी शर्मा ओलीतिर लागे भने कतिपय माधवकुमार नेपालतिर लागे। उनी भने सेनाविहीन कमाण्डर जस्तै भएपछि राजिनामा दिएर चुपचाप वसेका छन्।

पार्टी विभाजनको डिलमा पुग्दा पनि गौतम भने एकताको रटानमा थिए। जसमा उनी असफल भए। त्यसपछि उनी नैतिक संकटमा फस्दै आएका थिए। तैपनि सार्वजनिक रुपमा पार्टी विभाजन भएको स्थितिमा माधव नेपाल–झलनाथ खनाललाई साथ दिने बताएका उनले त्यो इमानदारिता पनि कायम राख्न सकेका छैनन् ।

माधवकुमार नेपालको जोडबलमा एमाले छोड्न तयार भए पनि एकीकृत समाजवादीमा जोडिन भने उनी तयार भएका छैनन् । उनी आफ्नै एकता अभियानलाई अघि सारेर जाने निष्कर्षमा पुगेका हुन्।

फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमाले उपाध्यक्षको हैसियतमा बैठकमा सहभागी हुँदै आउका गौतम त्यहाँ पनि अडिन सकेनन्। उनले चाहेजस्तो ओलीले पार्टीलाई जेठ २ मा पनि फर्काउन चाहेनन्। जसले गर्दा उनले एमालेबाट वाहिरिएको निर्णय सुनाए। तर, उनी अहिले यता न उताको अवस्थामा पुगेका छन् । 

खासमा गौतम एक पटक प्रधानमन्त्री वन्न लालायित छन् । तर, उनले सोचेजस्तो हुन सकेको छैन । प्रतिनिधि सभा निर्वाचनमा हारेपछि उनको प्रधानमन्त्री वन्ने सपना तुहियो। 

कुनै सांसदलाई राजीनामा गराएर नेता गौतमलाई प्रतिनिधि सभाको सांसद बनाउने चर्चा चलाईए पनि त्यो अवस्थाको श्रृजना हुन सकेन । त्यसैले उनलाई राष्ट्रिय सभाको सदस्य बनाउने अर्को चर्चा चल्यो । 

उनले सर्तसहित राष्ट्रिय सभामा जाने वताए । प्रधानमन्त्री बन्ने स्थितिमा मात्र राष्ट्रिय सभामा जाने अडान लिएका गौतम अन्ततः त्यसै पनि राष्ट्रिय सभामा जान तयार भए । तर, पनि उनले प्रधान्मत्री वन्ने चाहना भने त्यागेनन्। संविधान संशोधन गरेर भएपनि राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री वनाउनु पर्ने उनको अडान काम नलागेपछि आखिरमा उनी आफै पछाडि पर्दै गएको एक नेताले वताए ।

वामदेव गौतम

विशेष