News देश

घर्तीलाई राजा हुन मन लागेपछि...

घर्तीलाई राजा हुन मन लागेपछि...

नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने क्रममा पक्राउ परेका खिमबहादुर घर्तीले आफूलाई राजा हुन मन लागेर श्रीपेच निकाल्न खोजेको प्रहरीसमक्ष बताएका छन्।

शुक्रबार दिउँसो अवलोकन गर्न पुगेका पश्चिम रुकुम मसिकोट ११ का घर्तीले श्रीपेच राखिएको ठाउँबाट खुकुरी झिकेर सिसा फुटाउन खोजेका थिए। श्रीपेच बुलेटप्रुफ सिसाभित्र रहेकाले सुरक्षित रहेको बताइएको छ । 

उनले दरबारमा बस्न मन लागेर श्रीपेच निकाल्न खोजेको बयान प्रहरीसमक्ष दिएको स्रोतले बताएको छ। उनी अहिले प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

घर्ती हालै बहराइनबाट नेपाल फर्केका हुन्। ‘श्रीपेच निकालेर आफैं लगाउँछु, म राजा हुन्छु भनेर यस्तो गरेको उनले बताएका छन्,’ महानगरीय प्रहरी परिसरका वरिष्ठ उपरीक्षक अशोक सिंहले भने। घर्तीलाई अहिले वृत्त दरबारमार्गमा राखिएको छ। 

यो पनि

नारायणहिटी दरबार संग्रहालयवाट झण्डै चोरियो श्रीपेच !

श्रीपेच खिमबहादुर घर्ती

विशेष