नेपाल भन्छन्– एकीकृत समाजवादीलाई गफाडी र हुकुमे शैलीको पार्टी वनाउँदैनौ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफनो पार्टीलाई गफाडी र हुकुमे शैलीको पार्टी नबनाउने दावी गरेका छन् ।
शनिबार हेटौंडामा एकीकृत समाजवादी मकवानपुरको जिल्ला कार्यसमितिको शपथ ग्रहण तथा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीलाई एमाले भन्दा फरक पार्टीको रूपमा विस्तार गर्ने बताए ।
दुई तिहाइको सरकार हुँदा ओलीले कसैलाईन नगनेको र हुकुमेशैलीमा आफू बाहेक कोही नेतालाई नगनेर तानाशाही प्रवृती देखाएको आरोप लगाए।
नेकपा एकीकृत समाजवादी सुदुपश्चिम प्रदेशमा ठुलो पार्टीको रूपमा उदय भएको, प्रदेश–२ मा एमालेलाई २ नम्बरमा झार्दै १ नम्बरमा उक्लिएको, बागमतीमा छिट्टै आफ्नो सरकार निर्माण हुने नेपालले बताए । यसैगरी गण्डकी र लुम्बीनी प्रदेशमा पनि समाजवादीको बलियो उपस्थिति देखिएको उनले बताए ।
अबको निर्वाचनमा केपी शर्मा ओलीलाई धुलो चटाइदिने नेपालले दावी गरे । एमाले विभाजनसँगै एकीकृत समाजवादी चम्किलो ताराको रूपमा उदाउँदै आएको उनको भनाई छ।
देशमा ओलीले आफूलाई चुनौती दिने कोही पनि नभएको भन्ठाने पनि आफुहरूले ओलीलाई चुनौती दिएको अध्यक्ष नेपालले बताए ।
माधवकुमार नेपाल गफाडी र हुकुमे