News देश

मन्त्रीलाई सम्मान मोहः हेलिकप्टरको सयर, ४० किलोको माला

मन्त्रीलाई सम्मान मोहः हेलिकप्टरको सयर, ४० किलोको माला

राजनीतिक दलको गैरजिम्मेवारी तथा सरकारको वेवास्ताका कारण आम नागरिक चौतर्फी मारमा छन् । आर्थिक र सामाजिक रुपमा जनताको अवस्था दिनानुदिन नाजुक हुदै गएको छ। 

तर, दलका नेता, तथा सरकारका मन्त्री भने आसेपासेवाट सम्मान ग्रहरण गर्दैमा मख्ख छन् । त्यसैको निरन्तरता कर्णाली प्रदेशमा देखिएको छ। 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई ४० किलोको माला लगाएर सम्मान गरिएको छ। डोल्पाको जगदुल्ला गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नका लागि डोल्पा पुगेका उनीहरुलाई ४० किलोको माला पहिर्याईएको हो ।

शनिबार गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नका लागि मुख्यमन्त्री, मन्त्री नन्दसिंह बुढा शनिबार हेलिकप्टर चढेर डोल्पा पुगेका थिए । 
 

४० किलोको माला

विशेष