News विदेश

कारभित्रै यौन सम्पर्क गरिरहेका वेला दुर्घटना भएपछि... 

कारभित्रै यौन सम्पर्क गरिरहेका वेला दुर्घटना भएपछि... 

इंग्ल्यान्डमा कारभित्रै यौन सम्पर्क गरिरहेका एक जोडि दुर्घटनामा परेका छन् । इंग्ल्यान्डको डर्बिसायरमा कारभित्रै यौनक्रीडामा व्यस्त भएका उनीहरुको कारण पल्टिएर दुर्घटनामा परेको थियो ।

‘द सन’का अनुसार सुनसान स्थानमा कार रोकेर उनीहरू कारभित्रै यौन सम्पर्क गरिरहेका थिए, त्यही बेला कार पल्टिएको हो। 

उनीहरूले कारमा ह्यान्डब्रेक लगाएर यौन क्रिया गरिरहेको तर त्यस क्रममा अचानक ब्रेकबाट हात हटेपछि कार अघि बढेर पल्टिएको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले नै उद्धार गरेको छ।

डर्बिसायर प्रहरीले त्यो जोडीको उद्धार गरेपछि ट्विटरमा तस्बिर राखेको छ। जसमा कार सडकमा छड्के परेर पल्टेको देखिन्छ।  ‘डर्बिसायरको अज्ञात स्थलमा कारमा एक जोडी फसेका थिए। उनीहरूले आफ्नो सम्बन्धलाई अझ बढी मजबुत बनाइरहेका थिए। त्यसै क्रममा ह्यान्डब्रेकबाट हात हट्दा गाडी चिप्लिएर अगाडि बढेको थियो।’– प्रहरीले ट्विटरमा लेखेको छ।

कार दुर्घटनामा परेपनि कारमा रहेका प्रेमी प्रेमीका दुवै जना सकुसल रहेको प्रहरीले जानकारी दिएको छ। 

कारभित्रै यौन सम्पर्क

विशेष