News राजनीति

भारतमोहनकी माईली छोरी एकिकृत समाजवादीमा

भारतमोहनकी माईली छोरी एकिकृत समाजवादीमा

पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता भरतमोहन अधिकारीका तीन छोरी मध्ये माईली छोरी लीमा अधिकारी नेकपा (एकिकृत समाजवादी) पार्टीमा आवद्ध भएकी छिन् ।

यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत् सामाजिक सेवामा सक्रिय रहेकी उनी नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन्। पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी (ठूलोबुबा) र बुवाको उदेश्य पुरा गर्न आफु राजनीतिमा आएको वताएकी छिन् । 

राजनीतिमार्फत् उनीहरुले गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको उनको भनाई छ। एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघको अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको  छ।

एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको वताएकी उनले मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम वाँकी नै रहेकाले राजनीति गर्ने सोच बनाएको जानकारी दिइन् । 

भरतमोहन अधिकारी लीमा अधिकारी

विशेष