News स्वास्थ्य

‘पत्रकारले छाती दुखाईदिए’ भन्दै भाईरल सांसद चौधरी अस्पताल भर्ना

‘पत्रकारले छाती दुखाईदिए’ भन्दै भाईरल सांसद चौधरी अस्पताल भर्ना

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवा विरामी परेकी छिन् । प्रतिनिधि सभामा भएको धपेटी तथा अन्य विभिन्न कारणले उनको स्वास्थ्यमा समस्या देखिएको छ।

उनी नयाँ वानेश्वर स्थित सिभिल अस्पतालमा तीन दिन उपचारपछि निवास फर्किएकी छिन् । उनको शरिरमा भिटामिन–‘डि’ को कमी देखिएको छ। अस्पतालले भिटामिन–डि र अन्य औषधी सेवन गर्ने गरी उनलाई शनिवार डिस्चार्ज गरेको जनाईएको छ।

प्रतिनिधि सभाको वैठक सुरु भएपछि एमाले सांसदहरुलाई निकै धपेटी भएको थियो । सभामुखसँग सम्वन्ध विग्रिएपछि नेकपा एमालेले लामो समयदेखी प्रतिनिधि सभामा विरोध जनाँउँदै आएको छ। एमालेका संसदहरुले वैठक अवरुद्ध गर्दै आएका छन् । सुरुका दिनमा त वैठक सञ्चालन नै हुन नदिन एमालेका सांसदहरुहरुले निकै कसरत गरेको थिए ।

२३ भदौको बैठकमा त मर्यादापालकबीच घम्साघम्सी नै भएको थियो । सो काण्डपछि सांसद चौधरी चर्चामा छिन् । सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकोतर्फबाट सांसद चौधरीले रोष्टममै उक्लिने प्रयास गरेपछि चौधरी र मर्यादापालकबीच धकेलाधकेल भएको थियो ।

गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेश पेस गर्न लाग्दा चौधरीले उनलाई रोक्ने प्रयास गरिन । उनले रोष्टममै उक्लिने प्रयास गरेपछि मर्यादापालकबीच घम्साघम्सी भयो।

त्यसपछि सुरु भएको सांसद गंगा चौधरी (सत्गौवा) को चर्चा अहिले पनि सेलाएको छैन । संसदमा उनको प्रस्तुती प्रायसः उग्र नै देखिन्छ। हरेक विषयमा कृयासिल रहने भएकै कारण उनको चर्चा हुनु स्वभाविक हो । तर, संसदमा ‘भाइरल’ वन्न खोज्दा कहिलेकाहिँ उनी विवादमा पनि पर्छिन । डा. गोविन्द केसीलाई ‘हत्यारा’ भन्नेदेखि गुठी विधेयकविरुद्ध आन्दोलन गर्नेहरुलाई ‘भाडा’मा ल्याइएको भनेर गरेको टिप्पणीले उनलाई विवादमा तानेको थियो । यति मात्र होईन, कोरोना महामारीका बीच चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर समेत चौधरीले घरमा लुकाएकी थिईन। यो घटनाले समेत चौधरी निकै विवादीत बनेकी थिइन् । तर, संसारले गल्ती गरेको भनिसक्दा पनि उनी आफू भने सही भएको भन्दै तर्क गर्छिन ।

यसैगरी, यस विचमा समाचार माद्यम र सामाजिक सञ्जालले पनि सांसद चौधरीलाई निकै तनाव दिएको उनी निकटकाहरु वताउँछन् । आदिवासी थारु समुदायको प्रतिनिधित्व गर्दै उनी प्रतिनिधिसभा सदस्य वनेकी हुन । थरुहट तराई पार्टीबाट नयाँ शक्ति पार्टीमा लागेकी उनी चुनावको मुखमा नेकपा एमालेमा प्रवेश गरिन् र समानुपातिक सांसदको पद सुरक्षित गरिन् ।

नेकपा एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद गंगा चौधरीले दुई पटक विवाह गरेको र दुवै पटक सौता वनेर भित्रीएको विषयलाई यस विचमा निकै मिडियाले समाचारको विषय वनाए । त्यसमाथि दोस्रो विवाह त उनले नातामा दिदी पर्ने माथि नै सौता पसेको समाचार वाहिरियो। पुर्व नेपाल प्रहरी रहेका पतिलाई पिए वनाएर दोहोरो सुविधा लिएको र सौता वनेकी दिदीलाई निकै दुःख दिएको भन्दै समाचारहरु वाहिर आएपछि उनी थप तनावमा परेकी थिईन ।

स्रोतका अनुसार प्रतिनिधि सभाको खटाई, ब्यक्तिगत जिवनका उतार–चढाव समाचारका विषय वन्नु र अन्य विभिन्न कारणले गर्दा सांसद चौधरी निकै तनावमा थिईन। त्यसैले उनी विरामी परेको र अस्पताल भर्ना भएर अहिले घरमै आराम गरिरहेको वताईन्छ।

सांसद चौधरीले पनि भिटामिन–डी को कमी भएर अस्पताल वसेको र अहिले घरमा आराम गरिरहेको वताईन् । समाचारमा खेदिएको विषयमा भने चौधरीले हुँदै नभएको विषय उठाईएको वताईन । 

गंगा चौधरी सत्गौवा सिभिल अस्पताल भिटामिन–डिको कमी

विशेष