सिमा अतिक्रमणको विरोधमा राजधानीमा एकता अभियानको प्रदर्शन (भिडियोसहित)
सीमा अतिक्रमण गरी नेपाली भुमी कब्जा गरेको भन्दै सोमवार चीन विरुद्ध काठमाण्डौंमा प्रदर्शन र राष्ट्रपति सी चीनफिङको पुतला दहन गरिएको छ।
राष्ट्रिय एकता अभियानको आयोजनामा माईतिघर मण्डलामा प्रदर्शन र पुतला दहन गरिएको हो । अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा रहेका अभियानीहरुले नेपाली भुमी अतिक्रमण र नेपालको आन्तरिक मामिलामा चीनले अनावश्यक हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन् ।
चीनले सीमावर्ती हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको क्षेत्रमा सीमा मिचेर अवैध रुपमा भौतिक संरचना निर्माण गरेको भन्दै विरोध भईरहेका वेला एकता अभियानले विरोध प्रदर्शन गरेको हो ।
उक्त क्षेत्रमा देखिएको सीमा समस्या अध्ययन गर्न सरकारले गठन गरेको अध्ययन समितिले पनि ‘सीमा क्षेत्रमा समस्या देखिएको’ निस्कर्ष सहितको प्रतिवेदन सरकारलाई वुझाएको छ । गृहमन्त्री वालकृष्ण खाँडलाई आईतवार वुझाईएको प्रतिवेदनका वारेमा थप कुरा जानकारी गराईएको छैन।
सरकारको १६ भदौको वैठकले गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा अध्ययन समिति वनाएको थियो । समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य थिए।
प्रदर्शन राष्ट्रिय एकता अभियान सीमा अतिक्रमण