News देश

नेपाल प्रहरीद्वारा चीनियाँ राष्ट्रपतिको अपमान !

नेपाल प्रहरीद्वारा चीनियाँ राष्ट्रपतिको अपमान !

चीनले नेपाली भूमी अतिक्रमण गरेको विरोधमा नेपालमा लगातार विरोध प्रदर्शन भईरहेको छ। चीनसँगको सीमा विवाद समाधानका लागि सरकारले गठन गरेको समितिले पनि ‘सीमा क्षेत्रमा समस्या देखिएको’ निस्कर्ष सहितको प्रतिवेदन सरकारलाई वुझाएपपछि त्यो आन्दोलन अझै उग्र वन्दै गएको छ।

आन्दोलनका क्रममा नेपाली नागरिकसहित नेपाल प्रहरीवाट समेत छिमेकी देश चीनका राष्ट्रपति सि चीनफिङको अपमान हुन थालेको छ। नेपाल प्रहरीले चीनका राष्ट्रपछिको फोटो हात्तले हानेर किचकाच गर्न थालेका छन् ।

एउटा छिमेकी देशको सुरक्षाकर्मीले अर्को मित्र राष्ट्रका राष्ट्रपतिको फोटो लात्तीले हान्नु असोभनिय मानिन्छ। तर, काठमाण्डौमा हुने गरेका प्रदर्शनमा यस्ता दृष्यहरु देखिन थालेका छन् । आन्दोलनकारीले पुतला जलाउन थालेपछि त्यसलाई रोक्ने नाममा सुरक्षाकर्मीवाट भईरहेका यस्ता मर्यादा विपरितका कृयाकलापका विषयमा भने हालसम्म पनि कसैले कुरा उठाएको पाईदैन।

सोमवार राजधानीको माईघरमा राष्ट्रिय एकता अभियानले चीन विरुद्ध गरेको प्रदर्शनमा पनि यस्तै दृष्य देखिएको छ। अभियानले सीमा अतिक्रमण गरी नेपाली भुमी कब्जा गरेको भन्दै सोमवार चीन विरुद्ध काठमाण्डौंमा प्रदर्शन र राष्ट्रपति सी चीनफिङको पुतला दहन गर्यो । उक्त आन्दोलनको भिडियो नेपाल आजले सार्वजनिक गरेको छ।

भिडियोमा प्रदर्शन र नारावाजीकै क्रममा अभियानका अध्यक्ष विनय यादवले राष्ट्रपति ‘सि’को फोटो जलाएको देखिन्छ। उनलाई रोक्न आएका एक जना प्रहरीले आगो लाग्दै गरेको ‘सि’को फोटो यादवको हातवाट खोस्छन। त्यसपछि उनले उक्त फोटोलाई हात्तले हान्दै पछि सारेको दृष्य देखिन्छ। 

यसरी आन्दोलन र प्रदर्शन रोक्ने नाममा नेपाल प्रहरीले छिमेकी राष्ट्रका राष्ट्रपति माथि गरेको दुब्र्यवहार र अपमान आफैमा लज्जास्पद भएको सरोकारवालाहरु वताउँछन् । ‘पुतला जलाउँदा मित्र राष्ट्रको अपमान हुने भएकैले त्यो कार्य प्रहरीले रोक्न खोजेको हो। तर, प्रहरी आफैले लात्तले हान्नु चै कुन मान–सम्मान हो’ उनीहरु भन्छन्–‘यो कार्य त पुतला जलाउनुभन्दा ठुलो अपमान हो। सरकारले यस विषयमा वोल्नु पर्छ की पर्दैन ?’

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।

यो पनि

सिमा अतिक्रमणको विरोधमा राजधानीमा एकता अभियानको प्रदर्शन (भिडियोसहित)

प्रदर्शन राष्ट्रिय एकता अभियान सीमा अतिक्रमण

विशेष