News विदेश Breaking News मुख्य समाचार

अमेरिकाको योथा नेशनल गार्डद्वारा नेपाललाई ठूलो मानवीय सहयोग

अमेरिकाको योथा नेशनल गार्डद्वारा नेपाललाई ठूलो मानवीय सहयोग

मेरिका । संयुक्त राज्य अमेरिकाको योथा नेशनल गार्डले नेपाललाई ठूलो मानवीय सहायता प्रदान गरेको छ । मानवीय संकट र कोरोना महामारीविरुद्धको लडाइँका लागि अमेरिकाको योथा नेशनल गार्डले सहयोग गरेको हो ।

संयुक्त राज्य अमेरिकाको योथा एयर नेशनल गार्डको १५१ औं एयर रिफ्युलिङ विङले अमेरिकी ट्रान्सपोर्टेसन कमाण्डको डोनेसनका लागि डेन्टोन कार्यक्रमको सहयातामा अगस्त ३१ मा नेपाललाई मानवीय जीवन जोगाउने उपकरणहरु र अन्य मानवीय सहायता प्रदान गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले महामारीको सुरुवातदेखि नै अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको बताएका छन् । उनले हरेक संकट र महामारीको समयमा अमेरिका नेपालको साथमा उभिएकोसमेत बताएका छन् ।

कोरोना महामारीविरुद्धको युद्धमा नेपाललाई विभिन्न उपकरण र खोपको सहायता प्रदान गर्नुले पनि अमेरिका हरेक समस्याको समयमा समाधान गर्नका लागि नेपालको साथमा रहेका प्रमाण भएको उनले बताएका छन् ।

योथा नेशनल गार्ड अमेरिकी सैन्यको दुई शाखाको स्वरुपमा रहेको छ । राष्ट्रिय वायु सुरक्षा र राष्ट्रिय सैन्य सुरक्षा गार्डको रुपमा रहेको छ । यसले अमेरिकी समुदाय र विभिन्न मुुलुकहरुसँगको सम्बन्धलाई विस्तार गर्न काम गरिरहेको छ ।

करिब सात हजार ५०० वायुसेना र सैन्य सुरक्षाका सदस्यहरु रहेको योथामा स्थानीयस्तरमा रहेर काम गर्ने व्यक्तिहरुलाई समावेश गरिएको छ ।

विशेष