News अपराध सुरक्षा

भ्रष्टाचार आरोपी दीप वस्न्यात, विमलेन्द्र निधी र सुर्ती ब्यापारीको ‘कालो’ सम्वन्ध

भ्रष्टाचार आरोपी दीप वस्न्यात, विमलेन्द्र निधी र सुर्ती ब्यापारीको ‘कालो’ सम्वन्ध

नेपालमा पछिल्लो समय अवैध रुपमा सम्पत्ति आर्जन गर्ने र लुकाउने प्रचलन गढ्दै गएको छ। विभन्न क्षेत्रवाट भएको अनुसन्धानले भ्रष्टाचार, कर छली, मानव तस्करी र बैंकिङ अपराधबाट अवैध आर्जन गर्ने र उक्त पैसा लुकाउने प्रचलन वढेको देखाएका छन्। 

यसरी अवैध आर्जन गर्नेहरुलाई राजनीतिक दलकै ब्यक्तिहरुले संरक्षण गर्ने गरेको पाईन्छ। कतिपय घट्नाक्रमले यसलाई पुष्टी पनि गरेका छन् । तिनै मध्येका एक हुन धनुषाको जनकपुरका सुर्ती ब्यापारी विश्वनाथ साह।

विश्वनाथ साहको नाम देशकै ठुला भ्रष्टाचारीहरुसँग जोडिने गरेको छ। उनले त्यस्ता ब्यक्तिको कालोधन परिचाल गर्ने गरेको स्रोत वताउँछ। उनले होटल र रियलस्टेटमा लगानी गर्ने गरेका छन् । मेनपावर ब्यवसायमा लागेका उनी त्यसमा घाटा लागेपछि होटल र रियलस्टेटतर्फ लागेको स्रोतले वताएको छ । कालो धन परिचाल गर्ने साहलाई नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको संरक्षणमा गर्ने गरेको वताईन्छ।

साहको नाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यातसँग पनि जोडिने गरेको छ। साहको अधिकांश कारोबारमा वस्नेतकै हिस्सा रहेको स्रोतले जनाएको छ। मटिहानी गुठीको जग्गा महन्थले अनियमित तवरले बिक्री गरेकोबारे महोत्तरीका सिडिओ दीपक काफ्लेले कारवाही थाल्दा दीपले नै फोन गरेर त्यसबारे केही नगर्न दबाब दिएका थिए। पछि तीनै सुर्ति व्यापारी विश्वनाथमार्फत महन्थसँग कोशेली बुझेको भन्दै अख्तियारमै कार्यरत उनका तत्कालीन सहयोगीले उजुरी दर्ता गरको छन् ।

अवैध धनको कारोवार गर्नु पुर्व साह जनकपुर चुरोट कारखाना लिमिटेडमा काम गर्थे । तमाखु र सुर्ती सप्लाई गर्ने साह पछिल्लो समयमा एकाएक धनाढ्यका रुपमा स्थापित भएका छन् । जनकपुर चुरोट कारखाना डुवाउन उनको ठुलो योगदान रहेको जानकारहरु वताउँछन् । 

उनको अवैध कारोवार त्यहीँवाट सुरु भएको उनीहरुको भनाई छ। देखाउनका लागि हल्दिराम र नटराजको डिलर चलाएका साहको भित्री कारोवार भने कालोधन परिचालन नै रहेको स्रोतको दावी छ। 

अख्तियारका पूर्व प्रमुख आयुक्त वस्नेतको वारेमा विस्तृत अनुसन्धान गर्दा साह समेत तानिने स्रोतको दावी छ।

विमलेन्द्र निधि सुर्ती ब्यापारी विश्वनाथ साह गोरखधन्दा

विशेष