News राजनीति

विश्वप्रकाश आफ्नै क्षेत्रमा कमजोर, पालिका अधिवेशनमा सिटौला पक्ष हावी 

विश्वप्रकाश आफ्नै क्षेत्रमा कमजोर, पालिका अधिवेशनमा सिटौला पक्ष हावी 

नेपाली काँग्रेसको १४औं  महाधिवेशन अन्तर्गत झापाका सबै गाउँ तथा नगरपालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको परिणाम अनुसार महामन्त्रीका दावेदार विश्वप्रकाश शर्मा आफनै निर्वाचन क्षेत्रमा पनि कमजोर देखिएका छन् ।

झापाका अधिकांश पालिकामा सभापतिका उम्मेद्वार विजयी भएका छन् । ४ पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट नयाँ कार्यसमिति चयन भएको हो । जसमा सवै पालिकामा काँग्रेसका पूर्वमहामन्त्री तथा सभापतिका आकांक्षी कृष्ण सिटौला निकट सभापतिमा निर्वाचित भएका छन् ।

कन्काई नगरपालिकामा दुर्गाप्रसाद प्रसाई, मेची नगरपालिकामा सुदय पनेरु, बिर्तामोड नगरपालिकामा भोजराज सिटौला, झापा गाउँपालिकामा साघीरथ गणेश, कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने, दमक नगरपालिकामा प्रकाश प्रसाई, अर्जुनधारा नगरपालिकामा हेमराज खरेल र भद्रपुर नगरपालिकामा राम बहादुर कँडेल सभापतिमा चयन भएका छन् । 

यसैगरी, बुद्ध शान्ति गाउँपालिकामा चक्र शेर्मा, गौरादह नगरपालिकामा यादव राज सेढाई, शिव सताक्षी नगरपालिकामा अशोक बस्नेत, हल्दिबारी गाउँपालिकामा गंगा प्रसाई, गौरीगंज गाउँपालिकामा अधनु प्रसाद राजवंशी, बाह्रदशी गाउँपालिकामा इन्दु बस्नेत, कचनकवल गाउँपालिकामा तुलाराम अधिकारी सभापतिमा चयन भएका छन् । 

१४औं  महाधिवेशन

विशेष