News Breaking News मुख्य समाचार राजनीति

चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक युवा संघद्वारा प्रदर्शन

चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक युवा संघद्वारा प्रदर्शन

काठमाडौँ । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै संघले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । 

प्रदर्शनमा उत्रिएकाहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिलर सार्न पाइदैन लगाएतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै उनीहरुले नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

लोसपा युवा अध्यक्ष मुकेश कुमार झाले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै विरोध प्रदर्शन गरिएको जानकारी दिए। संघले नेपालको सीमा रक्षाका लागि निरन्तर खवरदारी गर्ने जनाएको छ । 

यस्तै सोमवार काठमाडौंमा राष्ट्रिय एकता अभियानले पनि चीनविरुद्ध प्रदर्शन गरेको थियो। प्रदर्शनमा सहभागीहरुले चिनियाँ राष्ट्रपति सी जिङपिङको पुत्ला समेत जलाएका थिए । पछिल्लो समय अभियानले चिनियाँ अतिक्रमणविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको छ ।

त्यसैगरी चीन र नेपालको सीमा विवाद भएको विषयमा अध्ययन गर्न सरकारले बनाएको समितिले पनि गृहमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ ।

विशेष