News

सुचना जारी गर्ने राष्ट्रपति, गाली खाने बाबुराम !

सुचना जारी गर्ने राष्ट्रपति, गाली खाने बाबुराम !

शेरवहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमाले फुटाउन ल्याएको राजनीतिक दलसम्वन्धी अध्यादेश सोमवार खारेज गर्यो। मन्त्रिपरिषद विस्तारमै समस्या देखिएपछि वाध्य भएर सरकारले उक्त अध्यादेश खारेज गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेकी हुन । मन्त्रिपरिषद्को सोमवारको बैठकले सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति कार्यालयले अध्यादेश खारेज गरेको सुचना जारी गर्यो । उक्त सूचना पुर्व प्रधानमन्त्री एवम जसपाका संघीय परिषद अध्यक्ष वावुराम भट्टराईले आफनो ट्वीटरमा अपलोड गरे। त्यो सूचना अपलोड गरेपछि वावुरामलाई गाली गर्नेहरुको ओईरो लागेको छ।

विकास पोखरेल नाममा ट्वीटर प्रयोगकर्ताले लेखेका छन्–‘प्रयोगमा ल्यायर मिल्काएको कन्डमको प्रचार न गरे हुन्छ भो बाबुराम जी, को कती पानी मा छ ? ३ करोड नेपालीलाई ज्ञात छ, चेतना भया।’

‘अब उहाँको दल सुरक्षित भयो नि त ..। राजेन्द्र महतोले केपीले आफ्नो दल फुटाउन आँट्यो भनेर एकै रातमा गरेको एकताले उसैलाई खायो । अहिले कहाँ बसेर रुँदै होलान’ गोकुल नामका प्रयोगकधर्ताले लेखेका छन्–‘आफ्नो निजी स्वार्थका लागि अध्यादेश ल्याउने र काम पूरा भएपछि खारेज गर्ने यो महान परम्पराको शुभारम्भ तपाईंको गठबन्धनबाट भयो। भविष्यमा यस्तै काम भयो र कतैबाट विरोध आयो भने अगाडि आएर यो परम्परा हामीले बनाएका हौ। चुप लागौं भन्नुहोला।’

जय शम्भुले ‘उहिले राष्ट्रपतिलाई केपीको लाहाछाप भन्नेहरूको मुख अहिले कुन सीयोले सिलायो हँ? हे गणतन्त्रका मतियारहरू हो कि राष्ट्रपति कार्यकारी राख या प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित राख र मन्त्री सांसद नभएका मध्येबाट कार्यकारीले छान्ने प्रावधान राख। हैन भने कलीलो तामालाई...’ भन्दै लेखेका छन् ।

शर्मा भेषराजले ‘हिजो ओली सरकारले यही गर्दा लोकतन्त्र मासियो, आज तपाईहरुले त्यही गर्दा लोकतन्त्र जोगियो। यहि डबल स्ट्यान्डर्डवाला राजनीतिले मुलुक सिद्दियो। राजनैतिक नेतृत्वले विश्वास गुमाउदै गएको छ।’

दिपक कार्कीले ‘पाखन्डी ! जाली ! झेली झुन्ड ! एमाले फुटाउन इतिहाकै सबैभन्दा प्रतिगामी अध्यादेश जारी गर्ने अनि आफ्नो मक्सद पुरा गरि खारेज गर्ने!’ भन्दै लेखेका छन् ।

आशिष श्रेष्ठ नाममा ट्वीटर प्रयोगकर्ताले अध्यादेशको नाममा राजनीतिक स्वार्थ पुरा गरेको भन्दै भट्टराईलाई वधाई दिएका छन् । उनले लेखेका छन् –‘बधाई छ कमरेड। संविधान मार्ने भनेको यस्तै यस्तै गरी हो। अध्यादेशको नाममा राजनीतिक स्वार्थ पुर्ती गरिदैछ।’

दिपक विष्टले ‘ओलीको पालामा रास्ट्रपतिले यही काम गर्दा के भनेका थियौ दोग्लाखोर?’ भन्दै प्रश्न गरको छन् भने शंकर गुरुङले ‘अरुले गरे बलात्कार आफुले गरे चमात्कार भन्ने सुनेको थिए हो रहेछ’ भन्दै आलोचना गरेका छन् ।

कृष्ण भण्डारीले ‘१७ हजार मानिसको हत्या गर्ने तिमी पादरी डाकुरामले आफुलाई मानिस भनेर हिड्न किन लाज मान्दैनौ ? भन्दै प्रश्न गरेका छन् । सुर्य गैरेले ‘गठबन्धनले चाहे जे गर्दा नि हुदो रहेछ खुलेआम है । कति लाजमर्दो’ भन्दै टिप्पणी गरेका छन् ।

वावुराम भट्टराई

विशेष