News विदेश

भारतीय विदेश मन्त्रालयको नेपाल च्याप्टर हेर्ने अनुराग श्रीवास्तब काठमाडौंमा

भारतीय विदेश मन्त्रालयको नेपाल च्याप्टर हेर्ने अनुराग श्रीवास्तब काठमाडौंमा

भारतीय विदेश मन्त्रालयमा नेपाल र भूटान मामिला हेर्ने (नर्थ डिभिजन प्रमुख) सहसचिव अनुराग श्रीवास्तबसहितको तीन सदस्यीय टोली मंगलबार काठमाडौं आएको छ।

श्रीवास्तब नेपाल भारत संयुक्त परियोजना व्यवस्थापन समितिको बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन । बिहीबार परराष्ट्र, अर्थ, गृह, ऊर्जा र भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका सहसचिव सहभागी संयुक्त परियोजना व्यवस्थापन समितिको बैठक बस्दैछ। बैठकमा नेपाल र भारतबीच निर्माणाधिन परियोजना कार्यान्वयनको प्रगति तथा विगतमा भएका तर कार्यान्वयन हुन बाँकी भएको सम्झौताबारे छलफल हुने छ। 

उनले बुधबार काभ्रेमा भारतीय सहयोगमा निर्मित विद्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि परराष्ट्र मन्त्रालयमा उनका समकक्षी सहसचिव तीर्थराज वाग्ले, कार्यवाहक परराष्ट्रसचिव प्रकाशकुमार सुवेदी, अर्थसचिव मधु मरासिनीलगायतका उच्च अधिकारीहरुसँग भेटवार्ता र छलफल गर्ने जनाईएको छ।

नर्थ डिभिजन भारतीय विदेश मन्त्रालय अनुराग श्रीवास्तब

विशेष