News

भ्वाइस अफ नेपालका विजेता किरणलाई अध्यागमनले विमानस्थलबाटै फर्कायो

भ्वाइस अफ नेपालका विजेता किरणलाई अध्यागमनले विमानस्थलबाटै फर्कायो

भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेरलाई अध्यागमन विभागले विमानस्थलबाटै फर्काइ दिएको छ। किरण अमेरिकी नागरिक हुन् ।

गत सोमवार अमेरिकाबाट कतार एयरवेजमार्फत नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको हो । एक प्रवेशाज्ञा (भिसा)मा बस्न पाउने समय किरणले नेपालमा बिताइसकेकाले उनलाई फकाईएको अध्यागमन विभागले जनाएको छ ।

एक प्रवेशाज्ञामा १८० दिन मात्रै नेपाल बस्न पाइन्छ । गजमेरले सन् २०२१ मा अब नेपाल प्रवेश पाउने छैनन् । सन् २०२२ मा भने उनी पुनः नेपाल आउन सक्छन् ।

भुटानबाट शरणार्थी भएर नेपाल आएका किरण केही वर्षयता अमेरिकामा बस्दै आएका छन् । तेस्रो मुलुक पुनर्वासका क्रममा उनी अमेरिका पुगेका हुन् । 

भ्वाइस अफ नेपाल किरण गजमेर

विशेष