News देश

सांसद नविना लामाः बैठकमा नजाने तर भत्ता चाहीं नछुटाउँने !

सांसद नविना लामाः बैठकमा नजाने तर भत्ता चाहीं नछुटाउँने !

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक विघटन गरेर मुर्छित वनाएको प्रतिनिधिसभा सर्वोच्च अदालतको परमादेश मार्फत पुनर्जिवित भएको छ। प्रतिनिधिसभाले देश र जनताका लागि गर्नुपर्ने धेरै काम छन् । जनजिविका र देशको सर्वाङ्गिण विकासका लागि अत्यन्त जरुरी मानिएका विधेयकहरु प्रतिनिधि सभामा छलफलको पालो कुरेर वसनेका छन् ।

तर, प्रतिनिधि सभाका सांसदहरु भने आफनो जिम्मेवारी र संसदको कार्यसुचिमा भन्दा पनि ब्यक्तिगत फाईदा र स्वार्थमा केन्द्रित छन् । अपवाद वाहेक अधिकांश सांसदलाई प्रतिनिधिसभाको कार्यसुची र प्रश्तुत विधेयकमा भन्दा पनि वैठक चलेको दिनको भत्तासँग वढी मतलव हुने गरेको छ। उनीहरु वैठकमा आउने, हाजिर गर्ने र निस्किने तथा वैठक सकिएपछि आएर पनि हाजिर गर्ने गरेको पाईन्छ।

संसद सचिवालयले सांसदका लागि बैठक सुरु हुनुभन्दा १ घण्टा अघि र सकिएको आधा घण्टापछिसम्म हाजिरी पुस्तिका खुला गर्छ । तर, गत सोमवार सांसदहरू बैठकमा सहभागी नभएरै हाजिर गरेको दृश्य देखियो। यो उदाहरण मात्रै हो, यो दृष्य हरेक वैठकमा देखिन्छ।

२ बजेका लागि निर्धारित सोमबारको संसद बैठक करिब १५ मिनेटपछि सुरू भई ६ मिनेटमै स्थगित भयो । बैठक सकिएको आधा घण्टासम्म हाजिर खुल्ला हुने भए पनि सांसदहरू भने त्यो अवधिभन्दा ढिला पुगेर हाजिर लगाए । ढिलो पुगेर हाजिर लगाउने सांसदहरूमा एमाले सांसद नवीना लामादेखि नारायण मरासिनी, मीना पाण्डे,, तेजुलाल चौधरी, चित्रलेखा यादव, अमेरशकुमार सिंह र मोतीलाल दुगडसम्म छन् । 

एमाले सांसद नवीना लामाले जडीबुटीको जाममा फसेका कारण संसद बैठकमा आउन ढिला भएको बताइन् । संसद भवनभित्र ढिला प्रवेश गरे पनि हाजिर भने गरेको उनले बताइन् । जडीबुटीको जाममा फसेर बैठकमा आउन ढिला भएको वताएकी उनले सधैंभरी गर्ने भनेको यही नै हो।

लामा अधिकांश वैठकमा ढिला आउने र हाजिर गरेर निस्किने गरेको एमाले सांसदहरु नै वताउँछन् । त्यसो त प्रतिनिधि सभा वैठकमा लामाले देश र जनताको विषयमा वोलेको र आवाज उठाएको पनि आजसम्म सुनिएको छैन। त्यसैले पनि उनको उदेश्य भत्तासँग मात्रै छ भन्ने कुरामा कुनै द्विविधा छैन।
लामा मात्रै होईन, वैठकमा हाजिर गर्नकै लागि संसद भवन पुग्ने अधिकांश सांसदको दैनिकी नै वनेको छ। 

संघीय संसदको पदाधिकारीको सुविधासम्बन्धी ऐन २०७३ मा व्यवस्था भएअनुसार संसद बैठकमा उपस्थिति जनाएपछि सांसदहरूले बैठक भत्ता बापत १ हजार रुपैयाँ र यातायात सुविधा बापत १ हजार रुपैयाँ प्राप्त गर्छन् । बैठक सकिएपछि संसद आए पनि सांसदहरूले यही सुविधा प्राप्तिका लागि हाजिर गर्दछन् । 

प्रतिनिधि सभा नवीना लामा

विशेष