News स्वास्थ्य समाज

श्रीमती गम्भीर बिरामी भएपछी बच्चा लिएर भागे श्रीमान !

श्रीमती गम्भीर बिरामी भएपछी बच्चा लिएर भागे श्रीमान !

राजधानीको भाटभटेनी आसपासमा घर भएका सुशिल अग्रवाल धनाढ्य मध्येका एक हुन । उनले वर्षमै करोडौं रुपैयाँ भडावाट मात्रै असुल गर्छन। उनको परिवार सौखिन र सान सौकतको जिन्दगी विताईरहेको छ।

उनका छोरा सुमित अग्रवाल पनि फिटनेस सेन्टर (जिम) सञ्चालन गर्छन। वावु छोराको हिसाव गर्दा महिनामा २०/२५ लाखको आन्दानी रहेको स्रोत वताउँछ। यसैक्रममा सुमितले कृति अग्रवालसँग विवाह गर्छन। हाँसिखुसी ब्यतित भईरहेको उनीहरुको जिवनमा करिव अढाई महिनाअघि अर्को खुसी थपियो। कृतिले टिचिङ (त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल) मा सन्तानको जन्म दिईन। तर, कृतिका लागि भने यो खुसीसँगै दुःख पनि थपियो ।

उनी न्युरो सम्वन्धि रोगका कारण थला परिन। परिवारले उनलाई टिचिङ्गको पेइङ वार्डमा राखेर उपचार सुरु गर्यो। तर, उनको रोग विशेक हुने भन्दा पनि झन सिथिल हुँदै गईन। लामो समयसम्म उपचार गर्दा पनि विशेक नभएपछि अहिले कृतिलाई परिवारले पनि वास्ता गर्न छोडेको छ। पति सुमितले नै उनलाई पेईङ्ग वार्डवाट गरिब र विपन्न परिवकारले उपचार गर्ने सामाजिक सेवा इकाईमा सारेर वास्ता गर्न छोडेका छन् ।

सामाजिक सेवा इकाई गरिव विपन्न परिवकारको उपचारका लागि सुरु गरिएको हो । इकाई मार्फत लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशिक छुटमा सेवा उपलब्ध गराइन्छ। ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित (बालबालिका), गरिब तथा विभिन्न आकस्मिक बिरामी, विपद् एवम प्राकृतिक प्रकोप महमारी भूकम्प, बाढी, पहिरो, आगलागी आदिबाट पीडित, सीमान्तकृत तथा लोपोन्मुख  आदिवासी जनजाति, कुपोषित बालबालिका थुनुवा, कैदी बिरामी, शहीद परिवार र दुर्घटना परेका, अभिभावक नभएका बिरामीले यो सेवा पाउँछन् ।

कृतिलाई अहिले सोही वार्डमा अलपत्र पारिएको उनका आफन्तहरु वताउँछन् । कृतिको वच्चा सुमितले घर लगिसेका छन । आमाले वच्चा हेरचाह गर्ने गरेको सुमित वताउँछन् । पतिसहित परिवारले नै वास्ता गर्न छोडेपछि कृतिको रेख उनका दाजुले गरिरहेका छन् । कहिलेकाही आफु पनि जाने गरेको सुमित वताउँछन् । 

सुमितकै भनाई अनुसार कृतिको स्वास्थ्य अवस्था निकै जटिल छ। त्यसैले उनी भविष्यको तयारी गर्न लागेका छन् । ‘सधै उसैलाई रुघेर पनि साध्य भएन। भविष्य पनि हेर्नु पर्यो’ उनी भन्छन्–‘त्यसैले म चै काममा लागेको छु ।’

कतिपय आफन्तहरु श्रीमती विरामी परेपछि सुमितले वेवास्ता गरेको वताउँछन् । खर्च वढि लाग्ने र रोग पनि ठिक नहुने अवस्था आएपछि ‘जे सुकै होस’ भन्ने हिसावमा कृतिलाई अलपत्र पारिएको उनीहरुको भनाई छ।

सँगै मर्ने सँगै वाँच्ने वाचा गरेर विवाह गरेको पतिले श्रीमती विरामी हुनासाथ पेइङवार्डवाट सामाजिक सेवा इकाईमा सारी वेवारिसे झै छोडनुले उनको सम्वन्ध पैसा र सुखमा मात्रै देखिएको उनीहरु वताउँछन् । सुमितले भने यो कुरालाई इन्कार गरेका छन् । कोरोनाका कारण आर्थिक अवस्था कमजोर भएकाले कृतिलाई सामाजिक सेवा इकाईमा राख्नु परेको उनले वताए ।

सुमितले कृतिलाई भेट्न वेला–वेला आफु पनि जाने गरेको वताए ।

सुशिल अग्रवाल सामाजिक सेवा इकाई

विशेष