News

भ्रष्टाचारको आरोप लागेपपछि मुख्यमन्त्री राउतको राजिनामा माग

भ्रष्टाचारको आरोप लागेपपछि मुख्यमन्त्री राउतको राजिनामा माग

भ्रष्टाचारको आरोप लागेका प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतलाई राजिनामा दिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा सहयोग गर्न राष्ट्रिय एकता अभियानले माग गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वर्दिवास कार्यालयले मुख्यमन्त्री कार्यालयमा वुधवार छापा मारे लगत्तै अभियानका अध्यक्ष विनय यादवले प्रेस विज्ञप्ति जारीि गरी यस्तो माग गरेका हुन ।

‘संधियतालाई धरापमा पार्ने किसिमले मूख्य मन्त्री लालबाबु राउत गद्दीले प्रदेशका मन्त्रीहरुलाई भष्ट्राचार गर्न प्रेरित गरेको र आफु पनि भ्रष्टार गर्न लिप्त रहेको नेपाली जनता माझ लुकेको छैन । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापामारी केही कागजातहरु जफत गर्नुले यसलाई पुष्टि गर्दछ’ विज्ञप्तिमा भनिएको छ–‘प्रदेश सरकार भ्रष्ट रहेको कुरा राष्ट्रिय एकता अभियानले महिनौ देखी उठाउदै आएको सर्बविदितै छ  । यस्ता किसिमको गतिविधी गरी प्रदेश –२ का जनतालाई बदनाम र जनताको करबाट उठेको पैसाको दुरुपयोग भईरहेको राष्ट्रिय एकता अभियानको ठहर छ ।’ 


प्रदेश–२ का छोरीहरूलाई विद्यालय पठाउने उत्प्रेरित गर्ने उदेश्यले सुरु भएको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममार्फत वितरण भईरहेको साईकलमा अनियमितता भएको विषयलाई लिएर अख्तियारले छापा मारेको विषयमा सार्वजनिक हुनु दुःखदायी भएको अभियानले जनाएको छ। ‘अख्तियारले छानविन पुरा नगरेसम्म मूख्यमन्त्री लालबाबु राउत गद्दीको राष्ट्रिय एकता अभियान राजीनामा माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ–‘गद्दीले राजीनामा दिई अख्तियारको छानबिनमा सहयोग गर्न अभियान आग्रह समेत गर्दछ । यदी राजीनामा नदिई अख्तियारको छानविनमा अवरोध पुर्याए राष्ट्रिय एकता अभियान चरणबद्ध रुपमा अन्दोलन गर्नेछ।’

यो पनि

मुख्यमन्त्री कार्यालयमै अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग राष्ट्रिय एकता अभियान लालवावु राउत

विशेष