News राजनीति

मन्त्रिपरिषद विस्तारः  हात्ति छिर्यो पुच्छर अड्क्यो, मन्त्रालयमा विवाद कायमै

मन्त्रिपरिषद विस्तारः  हात्ति छिर्यो पुच्छर अड्क्यो, मन्त्रालयमा विवाद कायमै

प्रधानमन्त्री भएको ८० दिन पुरा गरिसक्दा पनि शेरवहादुर देउवाले मन्त्रिपरिषदलाई पुर्णता दिन सकेका छैनन् । दल विभाजनसम्वन्धि अध्यादेश फिर्ता भएपछि मन्त्रिपरिषद विस्तार गर्ने योजना पनि ‘हात्ति छिर्यो पुच्छर अड्क्यो’ भने जस्तै भएको छ।

आकांक्षी सवैलाई मन्त्री वनाउन नसकिने र त्यसले पार्टीमा फुट ल्याउने त्रासका कारण दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मात्रै मन्त्रीको नाम टुङ्गो लगाउने भनेर वसेका माधवकुमार नेपाल र उपेन्द्र यादव मालदार मन्त्रालयको लुछाचुँडीमा लागेपछि देउवा फेरी अप्ठ्यारोमा परेका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव मालदार मन्त्रालय आफुले पाउनु पर्ने लडाईमा छन् । 

शिक्षा तथा विज्ञान, स्वास्थ्य तथा जनसंख्या, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयमा नेता नेपालले आँखा गाडेका छन् । तर, सोही मन्त्रालयमा यादवले पनि रुचि देखाएपछि मन्त्रालय भागवण्डको कुरो मिलेको छैन।

यादव चार मध्ये कम्तीमा दुई मन्त्रालय आफ्नो दलले पाउनुपर्ने अडानमा छन् भने नेपाल भने कुनै पनि हालतमा ति मन्त्रालय नछोड्ने भन्दै जिद्धि लिएर वसेको स्रोत वताउँछ। ‘माधव नेपालको पार्टीले दाबी गरेका आकर्षक मन्त्रालयमध्ये दुईमा जसपाले दाबी गर्ने र माधव नेपाल समूह यी चार मन्त्रालय कुनै पनि हालतमा नछाड्ने अड्डी कसेपछि समस्या भएको छ’ स्रोतले भन्छ–‘यो विषय टुङ्गो नलागेसम्म मन्त्रीपरिषद विस्तारको कुरा असम्भव छ।’

नेतृत्वकोे मन्त्रालय बाँडफाँडमा अड्डीका कारण मन्त्रिपरिषद् विस्तार थप अन्योलमा परेको खबर छ । 

स्रोतका अनुसार दुवै दलले ५/५ मन्त्री र एक/एक राज्यमन्त्री पाउने सहमति भएको छ। गृह, परराष्ट्र, कानून र स्वास्थ्य राज्यमन्त्री कांग्रेस तथा अर्थ र ऊर्जा मन्त्रालय माओवादी केन्द्रले ओगटी सकेका छन् । वाँकी मन्त्रालयमा दुई पार्टीको लफडाले देउवा चेपिएको नेताहरु वताउँछन् ।

मन्त्रालय भागबन्डाका विषयमा छलफल चलिरहेकै वेला नेकपा एसका अध्यक्ष नेपाल विरामी भएपछि अन्यौतला थप वढेको छ। ज्वरो र खोकीको समस्यापछि नेपाल बुधबारदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । सोही दिन उनले कांग्रेस र माओवादी केन्द्रबाट २÷२ मन्त्रालय नियुक्त गरेका थिए । पछि स्वास्थ्य राज्यमन्त्री र परराष्ट्र मन्त्री नियुक्त गरे पनि उनले मन्त्रिपरिषद्लाई अहिलेसम्म पूर्णता दिन सकेका छैनन् ।

शेरवहादुर देउवा दल विभाजनसम्बन्धी अध्यादेश मन्त्रिपरिषद् विस्तार

विशेष