News

प्रचण्डले यसरी स्विकारे वाईसिएलको आतंक – अहिले त्यस्तै आतंक ओलीको छ

प्रचण्डले यसरी स्विकारे वाईसिएलको आतंक – अहिले त्यस्तै आतंक ओलीको छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो वाईसिएलले जस्तै अहिले केपी ओलीले गाउँगाउँमा आतंक मच्चाएको वताएका छन् । एमाले अध्यक्ष कपी शर्मा ओलीलाई गाली गर्ने मेलोमा आफनै कार्यकर्ताले गाउँमा आतंक मच्चाएको स्विकारेका हुन । 

बिहीबार काठमाडौंमा अनेरास्ववियु क्रान्तिकारीको २२औँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो वाईसीएलको आतंकजस्तै मुलुकमा केपी ओली आतंक रहेको बताए। तर, अहिले ओलीको आतंकलाई गलत भनेर ब्याख्या गरेका उनले वाईसिएलको आतंक पनि गलत थियो भनेर भनेनन् ।

उनले भने–‘हिजो हामी शान्ति प्रक्रियामा आइसकेपछि वाईसीएल भनेपछि सबै डराउँथे । वाईसीएल बाहिर निस्किएपछि आयो है भनेर डराउँथे। तर अहिले देशमा केपी आतंक छ ।’ उनले आफूहरुमाथि केपी ओली आतंक भएको बताए । ‘मुलुक र हामीमाथि ओली आतंक छ,’ उनले भने, ‘हामीलाई टुक्राटुक्रा पारेका छौँ भनेर दंग परेका छन् । ओलीको आतंक छ । कमल थापाहरुको आतंक छ देशमा । कहाँबाट कहाँ पुगेकाहरूको आतंक छ । त्यो प्रवृत्तिविरुद्ध हामी लड्ने नै हो ।’

यति भन्दै गर्दा ‘माओवादी र वाईसीएलको आतङ्क छ भन्ने भ्रम अन्त्य भएको’ पनि उनले वताए । उनले माओवादी नभए देश र जनताको अस्तित्व नै संकटमा पर्ने दाबी गरे । गएको वर्ष संसद् विघटन गर्दा माओवादी सिद्याए भनेर भ्रम फैलाएको उनको आरोप छ ।

आफ्नै साथीहरूले ‘प्रचण्डबाट पार लाग्दैन केही हुँदैन’ भनेर पछाडी पछाडी कुरा गर्दै हिडेको उनको आरोप थियो ।

केपी ओली आतंक

विशेष