News देश

नेपाल–भारत संयुक्त परियोजना अनुगमन समितिको वैठक सम्पन्न 

नेपाल–भारत संयुक्त परियोजना अनुगमन समितिको वैठक सम्पन्न 

भूकम्पपछिको पुनर्निर्माण परियोजना सम्बन्धि नेपाल–भारत संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक आज काठमाण्डौंमा वसेको छ।

भारतिय विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तव र नेपालको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सह–अध्यक्षतामा वैठक वसेको हो । 

बैठकले भुकम्पपछि भारती सहयोगमा नेपालमा संचालित आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको पुनर्निर्माण परियोजनाको प्रगतिको बृहत समिक्षा गरिएको छ। भारतीय सहयोगमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार निजी घरको पुनर्निर्माण भएकोमा दुवै पक्ष सन्तुष्ट भएका छन् ।

त्यस्तै शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा पुनर्निर्माण परियोजनाहरु सन्तोषजनक रुपमा अघि वढिरहेको भन्दै सराहना गरिएको छ। 

भुकम्पपछि भारतको सहयोगमा नेपालमा सञ्चालित पुनर्निर्माण परियोजनाको प्रगतिको समिक्षा गर्न सन २०१७ अगस्टमा ‘संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी)’ गठन गरिएको थियो । 

यस अघि जेपीएमसीको बैठक ०७६ फाल्गुण २५ गते वसेको थियो भने आगामी वैठक दुवै पक्षलाई पायक पर्ने मितिमा गर्ने सहमति भएको भारतिय राजदुतावासले जनाएको छ।

बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधि, भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाहरुको उपस्थिती थियो । 

विशेष