News विदेश Breaking News मुख्य समाचार राजनीति

भारतले बंगलादेशमा रेलवे लिंकको विकास गर्ने, बंगलादेशमा खुसीयाली 

भारतले बंगलादेशमा रेलवे लिंकको विकास गर्ने, बंगलादेशमा खुसीयाली 

नयाँ दिल्ली। भारतले बंगलादेशमा रेलवे लिंकको विकास गर्ने भएको छ। बंगलादेशको पूर्वाधार विकासमा योगदान गर्दै आएको भारतले पछिल्लो समय रेलवे लिंक विस्तार गर्ने भएको हो। भारले सोमबार बंगलादेशसंग एक नयाँ रेल लिंकको विकासका लागी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो। 

भारतले विकास गर्ने उक्त रेललिंकले बोगुरा शहरलाई सिराजगंजसंग जोड्ने बताइएको छ। नयाँ रेल मार्गले ढाका हुँदै बंगलादेशको पश्चिमी र उत्तरी भागका साथै पूर्वी र दक्षिणी भागहरु बीचको छोटो डुअल गेज लिंक स्थापित गर्ने बंगलादेशमा भारतीय उच्चायोगले एक ट्वीटमार्फत जानकारी गराएको हो। 

ट्वीटमा भनिएको छ, बंगलादेशको रेलवे पूर्वाधार आधुनिकीकरण र बंगलादेश भित्र रेलवे कनेक्टिविटी बढाउने दिशामा एक महत्वपूर्ण कदम भारतले सरकारले चालेको छ। हामी निकै खुसी छौं। 

बंगलादेश रेलवे लिमिटेड र भारतीय आरइट्र अफ जेभीका  भारतीय सल्लाहकारबीच रेल मंत्री मोहम्मद नुरुल इस्लाम सुजन र बंगलादेशमा भारतीय राजदूत विक्रम के दोरास्वाीमीको उपस्थितिमा हस्ताक्षर भएको थियो।

हस्ताक्षर समारोहको अध्यक्षता रेलवे सचिव मोहम्मद सलीम रेजाले गरेको थिए। यसैबीच, भारत र बंगलादेश आपसी व्यापार र वाणिज्यको विकासमा आफ्नो स्वस्थ द्विपक्षीय सम्बन्धमा तीव्रता दिने बताइएको छ। 

यस महिनाको सुरुमा, भारतले ढाकालाई दुई मोबाइल मेडिकल अक्सिजन प्लान्ट प्रदान गरी कोभिड १९विरुद्धको लडाइँमा सहयोग गरेको थियो। 

विशेष