News समाज प्रदेश २

सर्वसाधारणको प्रश्नः मेयर सा’व सडक कहिले वन्छ, फोहर कहिले उठ्छ ?

सर्वसाधारणको प्रश्नः मेयर सा’व सडक कहिले वन्छ, फोहर कहिले उठ्छ ?

देशकै पुरानो मध्ये एक मानिने राजविराज नगरपालिका क्षेत्रका सडकका स्तरोन्नती र हिंसा पीडितको तत्काल उद्धार र न्यायको मग गर्दै राष्ट्रिय एकता अभियानले नगर प्रमुखलाई ज्ञापन पत्र वुझाएको छ।

अभियानकी उपाध्यक्ष सुनिता साहले राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवलाई वुझाएको ज्ञापन पत्रमा १६ वटै वडामा रहेका हिलाम्मे सडकको तुरुन्त मर्मत, गुणस्तरहिन काम भएको वडा तथा स्थानहरुको अनुगमन गरी त्यस्तो काम गर्ने ठेकेदार÷उपभोक्ता समितिलाई कार्वाही र विभिन्न ठाउँमा अस्तब्यस्त रुपमा थुपारिएको फोहर उठाउन र सरफाईमा ध्यान दिन माग गरिएको छ।

यसैगरी, वडा–वडामा आवश्यक्ता अनुसार सडक निर्माण गर्न र हिंसा पीडित महिलाहरुको लागि न्यायिक समिति मार्फत तत्काल न्याय दिने व्यवस्था मिलाउन पनि ज्ञापन पत्रमा माग गरिएको छ।

‘राजविराज नगरपालिका नेपालको पुरानो नगरपालिका मध्ये एक हो । यो नगरपालिका जिल्लाकै सदमुकाम भएकाले यहाँ सबै किसिमका सुविधा लिन देशका विभिन्न ठाउँवाट मानिसहरुको आवत –जावत भईरहन्छ । तर, नगरपालिकाको प्रबेशद्वारदेखिनै सडकको अवस्था चिन्ताजनक छ’ ज्ञापन पत्रमा भनिएको छ–‘जनप्रतिनिध निर्वाचित भएको चार बर्ष पुरा हुन लागेको छ  । तर नगरपालिकाको विकास नहुनु दुखःद विषय हो । नगरपालिकाको १६ बटै वडाको सडक पैदल हिडन पनि लायक छैन । केही ठाउँमा आरसिसि ढलान र कलोपत्रे सडक देखिए पनि गुणस्तरहिन भएको जनगुनासो छ । हिलाम्मे, फोहर र दुर्गन्धित सडकमा हिडनु पर्दा स्थानीवासी आजित छन् । तर्सर्थ तत्काल यसको ब्यवस्थापनमा ध्यान दिईयोस।’

अगाडि भनिएको छ–‘जनताको मौलिक हकको लागि काम गर्नुे दायित्व पनि स्थानिय सरकारमाथि छ। तर, त्यसप्रति कुनै पनि किसिको गतिविधी नदेखिएकोले अधिकारका लागि संधर्ष गर्दै आएको हाम्रो संगठन राष्ट्रिय एकता अभियान उल्लेखित मागहरु कार्यान्वयनका लागि आग्रह गर्दछ।’

राजविराज नगरपालिका राष्ट्रिय एकता अभियान

विशेष