News

प्रचण्डले फेरी भने– आज–भोली नै मन्त्रिपरिषद विस्तार हुन्छ

प्रचण्डले फेरी भने– आज–भोली नै मन्त्रिपरिषद विस्तार हुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले मन्यालयको भागवण्डा मिलिसकेको र केहि दिनमै मन्त्रिपरिषद विस्तार हुन्छ भन्न थालेको पनि दुई महिना वितेतको छ। तर, मन्त्रिपरिषद विस्तारको काम भने अझै हुन सकेको छैन।

दाहालले विहिरवार फेरी पनि एक/दुई दिनभित्रै सरकारलाई पुर्णता दिने वताएका छन् । उनले मन्त्रालय भागबण्डाको विषयमा सरकार गम्भिर भएकोले आज वा भोली नै टुंगिने दाबी गरे। सहिद प्रतिष्ठान नेपालको १२औं वार्षिक उत्सवमा बोल्दै प्रचण्डले भने, ‘अर्थ र उर्जामन्त्रालय लिइसकेका छौं। अरु मन्त्रालय आजभोलि नै टुंगिदैछ।’

उनले माओवादीको भागमा महत्वपूर्ण मन्त्रालय पर्ने दाबी गरे। ‘सम्भवतः  आज÷भोलि नै मन्त्रिपरिषद बिस्तार टुंगिन्छ होला। हामीले अहिले अर्थ र उर्जा मन्त्रालय लिएका छौँ। अरु पनि महत्वपुर्ण मन्त्रालय पाउँछौं।’

उनले साझा न्युनतमा कार्यक्रममा भएको विषय कार्यान्वयन गराउन आफूले पहल गर्ने बताए। गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रममा समेत शहीद परिवारका ऐजेण्डा समेटेको उनले वताए । 

बालुवाटारमा बसेको सर्वदलीय बैठकमा पनि सरकारका कामका बारेमा चर्चा भएको प्रचण्डको भनाई छ। आफू सरकारमा हुँदा शहीद परिवारका लागि राहत प्याकज ल्याएको भए पनि कार्यान्वयन गर्न विभिन्न षड्नन्त्र भएको बताए।

प्रचण्ड निकट नेताहरुले भने गठबन्धनका नेताहरु बिच भागबण्डा नमिलेका कारण सरकार बिस्तार हुन नसकेको वताईरहेका छन् । यसअघि राजनीतिक दल सम्बन्धि अध्यादेशलाई देखाएर गठबन्धनले सरकार बिस्तारमा ढिलाइ गरेको थियो। तर, मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिसकेकी छिन्।
 

पुस्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद विस्तार

विशेष