News राजनीति

माधव नेपाललाई रिजालको जवाफ– अन्तर्संघर्षमा साथ दिएका हौ, विभाजनमा होईन

माधव नेपाललाई रिजालको जवाफ– अन्तर्संघर्षमा साथ दिएका हौ, विभाजनमा होईन

नेकपा एमालेवाट विद्रोह गरेर नयाँ पार्टी दर्ता भएपछि १० भदौमा पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफनो साथ छोडेकाहरुप्रति लक्षित गर्दै ‘हिम्मत नभएकाहरु अरुको पछि लतारिन्छन्, क्रान्तिकारीहरु अघि बढ्छ’ भन्दै प्रतिक्रिया दिए ।

लामो समयसम्म आफ्नो समूहमा रहेर अन्तिम समयमा साथ नदिएका नेताहरुप्रति तिव्र असन्तुष्टि ब्यक्त गरेका उनले एमालेमा पीडित भएका देशभरका कार्यकर्ताहरुले आफूलाई साथ दिइरहेको वताए । ‘एमालेमा पीडित भएका सबै मेचीदेखि महकालीसम्मका, तराईदेखि पहाडसम्मका सबै कार्यकर्ता हामीसँग छन्। स्थानीय तहका नेता कार्यकर्ता समावेश हुँदै गएका छन्’ उनले भनेका थिए –‘लामो यात्रामा कोही आउँछन्, जान्छन्, कोही थाक्छ्न्।’

यतिमात्र होईन, नेता नपालले त्यसपछिका हरेक सार्वजनिक सम्वोधनमा दोस्रो पुस्ताका नेताले आफुलाई धोका दिएको वताउँदै आएका छन् । तर, अन्तिम समयमा नेता नेपालको साथ छोडेका नेताहरुले भने आफुहरुले पार्टीको अन्तर्संघर्षका लागि मात्रै साथ दिएको पार्टी फुटाउनका लागि होईन भन्दै जवाफ फर्काउँदै आएका छन् ।

एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेता नेपालको सोही आरोपको खण्डन गर्दै विहिवार ट्वीट गरेका छन् । ‘दुईवटा कुरामा सबै स्पष्ट हुनुपर्छ’ भन्दै रिजालले नेता नेपाललाई जवाफ फर्काएका छन् । 

‘पार्टी विभाजनका पक्षमा लाग्दा तत्कालै ठूल्लठूला पद र अवसरहरू पाउने निश्चित हुँदाहुँदै तिनलाई किञ्चित महत्व नदिएर दृढतापूर्वक पार्टी एकताका पक्षमा उभिने नेता–कार्यकर्ताहरूलाई कदापि अवसरवादी भन्न मिल्दैन’ उनले भनेका छन्–‘पार्टीको अन्तर्संघर्षमा एक ठाउँमा उभिँदा पार्टी विभाजन गरौं भनेर कुनै भेला–बैठकबाट निर्णय भएको रहेछ र त्यसमा सहभागीहरूले पछि विभाजनमा साथ दिएका रहेनछन् भने मात्र धोका भन्न सकिन्छ। अन्यथा अन्तर्संघर्ष र विभाजन बिलकुल फरक विषय हुन्।’

भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायत दोस्रो पुस्ताका १० नेताले अन्त्यमा माधव नेपालको साथ छाड्दै उनले गठन गरेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा नलागी ओली पक्ष अर्थात् एमाले नै रोजेका थिए ।

त्यहि विषयमा उनीहरुविच महिलेसम्म पनि घोचपेच चलिरहेको छ।

माधवकुमार नेपाल विष्णु रिजाल नेकपा एकिकृत समाजवादी

विशेष