News

सत्ता गठनबन्धनका विद्यार्थीले नै जलाए नरेन्द्र मोदीको पुत्ला, यस्तो छ कारण

सत्ता गठनबन्धनका विद्यार्थीले नै जलाए नरेन्द्र मोदीको पुत्ला, यस्तो छ कारण

सत्ता गठनबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सगंठन अनेरास्ववियूले नै आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।  

दार्चुलामा भएको तुईन प्रकरण र नेपाली आकाशमा अनाधिकृत भारतीय हेलिकप्टर प्रवेश रेको विषयमा सरकार चुप लागेर वसेको भन्दै विरोधमा उत्रिएको विद्यार्थी संगठनले मोदीको पुत्ला दहन गरेको हो । 

अनेरास्ववियुका अध्यक्ष सुरेश पराजुलीको नेतृत्वमा रत्नराज्यलक्ष्मी क्याम्पसमा मोदीको पुत्ला दहन गरेको हो । 

उनीहरूले महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काट्दा बेपत्ता रहेका जयसिंह धामीले न्याय पाउनु पर्ने माग गरेका थिए । 
 

नेकपा (एकीकृत समाजवादी) अनेरास्ववियू सत्ता गठनबन्धन नरेन्द्र मोदीको पुत्ला दहन

विशेष