News

बलात्कार आरोपमा कांग्रेस रोल्पाका कोषाध्यक्ष खत्री पक्राउ

बलात्कार आरोपमा कांग्रेस रोल्पाका कोषाध्यक्ष खत्री पक्राउ

बलात्कार आरोपमा नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खड्कबहादुर खत्री पक्राउ परेका छन् ।

बलात्कार गरेको आरोपमा प्रहरीले खत्रीलाई ८ भदौमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार उनीमाथि स्थानीय ४३ वर्षीया महिलालाई वलात्कार गरेको आरोप लागेको छ।

खत्रीमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरेर जिल्ला अदालत रोल्पाबाट दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेश सुवेदीले बताए ।

पीडित महिलाले आफूलाई जबरजस्ती करणी गरेको उजुरी लिएर आएपछि थप अनुसन्धानका लागि खत्रीलाई पक्राउ गरेको उनले जनाएका छन् । पीडित महिलाको रोल्पा अस्पताल रेउघामा स्वास्थ परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पछिल्लो समय जनप्रतिनिधि तथा नेताहरु वलात्कारका घट्नामा संलग्न भएका घट्नाहरु सार्वजनिक हुने क्रम वढेको छ। तर, पैसा र पदको दुरुपयोग गरी कानुनका कमजोरीको फाईदा उठाएर उनीहरुले उन्मुक्ति पाउँदै आएका छन् । 

यो पनि

पद र पैसाको वलमा यसरी उन्मुक्ती पाउँछन् वलात्कारमा मुछिएका जनप्रतिनिधि
 

बलात्कार

विशेष