News विदेश Breaking News मुख्य समाचार

पाकिस्तानलाई आतंकवादको प्रायोजक मुलुक घोषणा गर्नुपर्ने माग 

पाकिस्तानलाई आतंकवादको प्रायोजक मुलुक घोषणा गर्नुपर्ने माग 

काबुल । शान्तिको पर्खाइमा करिब २० वर्ष लडेको अफगानिस्तान अहिले झन आतंकित र त्रसित बनेको छ । अगस्त १५ मा आतंकवादी समूह तालिबानले मुलुकमा कब्जा जमानएपछि अफगानिस्तान थप त्रसित बनेको हो । तालिबानलाई अफगानिस्तानमा सत्ता कब्जा गर्नमा छिमेकी मुलुक पाकिस्तानमो ठूलो भूमिका रहेकोले पाकिस्तानलाई आतंवादको प्रायोजक मुलुक घोषणा गर्नुपर्ने माग गरिएको छ । 

आतंकवाद विश्लेषक केली वरटनले पाकिस्तानलाई आतंकवादको प्रायोजक राज्यको संज्ञा दिँदै अफगानिस्तानको स्थितिलाई लिएर दक्षिण एसियाली राष्ट्रलाई जवाफदेही बनाउनुपर्ने बताएका छन् । 

"अफगानिस्तानलाई बचाउन धेरै ढिलो भइसकेको छ, तर कम्तिमा यसले हामीलाई लामो समयसम्मका लागि एक पाठ सिकाएको छ । पाकिस्तानसंग व्यवहार गर्नको लागी एक राम्रो नीति ट्रयाक गर्नुपर्ने कुरा सम्झाएको छ । आतंकवादको प्रायोजक राज्य पाकिस्ताले हजारौं मानिसहरुलाई मर्न बाध्य बनाएको छ भने लाखौं अफगानीहरु विस्थापित भएका छन्," उनले भने । 

उनले तालिबान अल कायदासँग लड्न नसक्नेसमेत दाबी गरेका छन् । 

"अलकायदाले तालिबान नेताप्रति निष्ठाको शपथ लिएको छ, र युद्धको मैदानमा उनीहरु पूर्णरुपमा एक आपसमा बाँधिएका छन् । काबुलमा सबैभन्दा धेरै देखिने तालिबान नेताहरुमध्ये एक खलील हक्कानी हुन्, जो हक्कानी नेटवर्कका एक वरिष्ठ संचालक हुन् । यो नेटवर्क अफगानिस्तानमा अलकायदाको उपस्थितिमा गहिरो रुपमा गाँसिएको छ," उनले लेखेका छन् ।

यी संगठनात्मक संरचनाहरु पारिवारिक सम्बन्धहरुद्वारा प्रबलित छन् । छोटोमा भन्दा तालिबान र अलकायदाबीचमा कुनै वास्तविक फरक छैन । मुलरुपमा आईएसकेपी र तालिबानबीच भने भिन्न स्वभाव रहेको छ । 

तालिबान पाकिस्तानद्वारा प्रायोजित आतंकवादी समूह हो भने आईएसकेपी गैर राज्य आतंकवादी समूह हो । जिहादीहरुको नेटवर्क जसले भर्खर अफगानिस्तानमा कब्जा जमाएको छ, तालिबानको नेतृत्वमा र हक्कानी नेटवर्क अफगानिस्तानमा पाकिस्तानको जिहाद परियोजनाको भर्खरको पुनरावृत्ति हो, जुन १९७४ पछि सुरु भएको थियो । 

पाकिस्तानले खेलेको भूमिकाको बारेमा बोल्दै उनले भने, आईएसआईले औपनिवेशिक निर्भरता सिर्जना गर्न अफगानिस्तानमा इस्लामी आतंकवादीहरुको भर्ती, प्रशिक्षण, सशस्त्र, वित्त पोषण र नेतृत्व गरेको छ । भारत जबसम्म पाकिस्तानले अफगानिस्तानलाई नियन्त्रण गर्दैन, भारतले पाकिस्तानलाई घेरा हाल्नेछ । 

अगस्ट १५ मा तालिबान काबुलमा प्रवेश गरेको थियो । राष्ट्रपति अशरफ घानीले राजीनामा दिए र देश छोडेर भागे जसलाई उनले आतंकवादीहरूले शहरमा आक्रमण गरे भने हुने रक्तपातको रूपमा वर्णन गरेका छन् । 

धेरै देशहरुले आफ्नो नागरिक र कूटनीतिक कर्मचारीहरुलाई अफगानिस्तान बाट बाहिर निकाल्न थालेका छन् । विश्वका विभिन्न भागमा तालिबान बिरोधी प्रदर्शनहरु भइरहेका छन् ।

विशेष