News राजनीति

प्रवक्तावाट हटाएको अपमानको वदला एमाले प्रवेश गरेर लिने नारायणकाजीको तयारी

प्रवक्तावाट हटाएको अपमानको वदला एमाले प्रवेश गरेर लिने नारायणकाजीको तयारी

सभामुख हुँदा यौन दुर्व्यवहारको आरोप लागेपछि पदबाट हटाइएका कृष्णवहादुर महरा नेकपा माओवादी केन्द्रको पवक्ता नियुक्त भएपछि पार्टीमा असन्तुष्टीको ज्वारभाटा छुटेको छ । गत सोमबार र मंगलबार काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठको स्थानमा महरालाई जिम्मेवारी तोकेको थियो।

नेता श्रेष्ठलाई भने माओवादी केन्द्रको प्रवास समितिको इन्चार्ज बनाइएको छ। यो प्रकरणपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी विच वोलचाल नै वन्द भएको पार्टीका नेताहरु वताउँछन् । स्रोतका अनुसार उनले पार्टी छोड्नेसम्मको धम्की दाहाललाई दिएका छन् ।

निकै लामो समयदेखी अपमानित भएर बसेका श्रेष्ठले अव चै त्यस्तो अपमान सहेर नवस्ने वताउन थालेका छन् । शेरवहादुर देउवा नेतृतत्वको सरकारमा उपप्रधानसहित मालदार मन्त्रालमायमा मन्त्री वन्ने भन्दै खुट्टा उचालेर बसेका श्रेष्ठलाई प्रचण्डले खासै वास्ता नगरेको र हुँदा खाँदाको पद पनि खोसेपछि उनी रुष्ट वनेको वताईन्छ।

श्रेष्ठलाई सरकारमा पठाउने विषयमा प्रधानमन्त्री देउवाले पनि असहमति जनाएको वताईन्छ। त्यसमाथि प्रचण्डले ख्यालख्यालमै जिम्मेवारीवाट हटाएपछि उनको भुमिका शून्य जस्तै भएको छ । पछिल्लो समय माओवादीभित्र प्रचण्डले महरालाई सबैभन्दा बढी विश्वास गर्न थालेको र श्रेष्ठलाई देख्न नसकेको नेताहरु नै वताउँछन् ।

प्रचण्डको यो कदमपछि आफुले भनेजस्तो भए माओवादी केन्द्र त्याग्ने अवस्थामा श्रेष्ठ पुगेका छन् । उनले निकटस्थसँग यसबारे छलफल पनि गरेका छन् । सधैभरी अपमानित भएर वस्नु भन्दा प्रचण्डसँग अलग हुने उनको मनस्थिती छ। तर, पार्टी फुटाएर सानोझुण्ड भएर बस्नुभन्दा कुनै ठुलै पार्टीमा मिल्न सके राजनीतिक भविष्य सुरक्षित हुने केही नेताको सल्लाहपछि उनले त्यसको तयारी समेत थालेको वताइन्छ।

उनले प्रचण्डलाई छोडेर नेकपा एमालेमा प्रवेश गर्ने तयारी थालेका छन् । एमालेमा पार्टी उपाध्यक्ष दिए प्रबेश गर्ने सन्देश उनले एमाले अध्यक्ष ओलीलाई पठाएका छन् । तर, ओलीले त्यस विषयमा श्रेष्ठलाई कुनै प्रतिक्रिया दिएका छैनन् ।

ओलीसँग सहमतिको वातावरण वनाउन श्रेष्ठले अर्का नेता गिरीराजमणी पोखरेललाई खटाएको श्रोतको दावी छ। 

नेकपा माओवादी केन्द्र नारायणकाजी श्रेष्ठ कृष्णवहादुर महरा

विशेष