News राजनीति

महेश बस्नेतलाई देउवाको जवाफ– पहिला दुर्लभ थापालाई त पराजित गर्नोस

महेश बस्नेतलाई देउवाको जवाफ– पहिला दुर्लभ थापालाई त पराजित गर्नोस

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता महेश बस्नेतकै क्षेत्रमा पुगेर कांग्रेसलाई हराएर देखाउन चुनौती दिएका छन् । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा वडा अधिवेशनको उद्घाटन गर्दै देउवाले कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका हुन । बस्नेतले भदौको पहिलोसाता भक्तपुरमा देउवा नै चुनाव लड्न आए पनि आफूले सजिलै पराजित गर्ने बताएका थिए। 

त्यसको जवाफ दिँदै देउवाले बस्नेतलाई पहिले कांग्रेस नेता थापालाई पराजित गर्न सुझाएका छन्। ’बस्नेतजी पहिले यहाँका सभापति दुर्लभ थापालाई पराजित गरेर हेर्नुहोला, अनि मसँग लड्न आउनुहोला’, देउवाले भने।

कटुञ्जे एमाले नेता महेश बस्नेतको निर्वाचन क्षेत्र हो । 

नेपाली काँग्रेस शेरबहादुर देउवा महेश बस्नेत

विशेष