News

पर्वतमा पहिरोः १० जनाको मृत्यु, १ वृद्धा वेपत्ता

पर्वतमा पहिरोः १० जनाको मृत्यु, १ वृद्धा वेपत्ता

पर्वतका विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर १० जनाको मृत्यु भएको छ भने एक वृद्धा बेपत्ता भएकी छिन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको छ । उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको प्रहरीले जनाएको छ।

कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घर पहिरोले पुरिँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको छ ।

कुश्मा–११ कै पकुवा ताल्चेमा पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको प्रहरीको भनाई छ। मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएकी छन् ।

मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।

पहिरो

विशेष