News राजनीति

राजनीतिको दलदलमा कमलको फुलः १९ वर्षिया किशोरी कांग्रेसको वडा सभापति

राजनीतिको दलदलमा कमलको फुलः १९ वर्षिया किशोरी कांग्रेसको वडा सभापति

सिनियर नेताको पद र प्रतिष्ठाको मोहका कारण राजनीतिमा विकृति भित्रिएको छ। जसरी हुन्छ पदमा पुग्नु र सम्पत्ति जोड्नु नै राजनीतिको एक मात्र उदेश्य हुँदै गएको कसैवाट लुकेको छैन ।

राजनीतिमा पैसा र वाहुवलको वोलवाला, गुण्डा र ठेकेदारको जगजती तथा परिवारवादका कारण युवा पुस्तामा यस प्रति वितृष्णा जागेको छ। हुँदा हुँदा राजनीतिलाई जिवन निर्वाह वनाउने प्रयास भएपछि त झन आलोचना हुनु स्वभाविक हो । जन प्रतिनिधिलाई तलव भत्ता दिने प्रयास त्यसैको पराकाष्ठा हो । 

यो सवै आँखै अगाडि देखेको युवा पुस्ता वरु मरुभुमिमा रगत पसिना वगाउन तयार छन तर राजनीतिमा छिर्न तयार छैनन। पैसा र पावर नभई पहुँचमा पुग्न नसक्ने र पहुँच नभई केहि गर्न नसक्ने र अहिले नै पुरानो पुस्तालाई विस्थापित गरेर युवाले नेतृत्व लिन समेत नसक्ने अवस्थाका कारण युवा पुस्ता राजनीतिवाट विरक्तिनु स्वभाविक पनि हो । 

तर, दैलेखमा भने एक १९ वर्षकी किशोरी स्वस्तिका महत नेपाली कांग्रेसको वडा सभापति बनेकी छन् । उनले गत साल मात्रै नेपालगन्ज टेक्निकल कलेजबाट एचएसम्मको अध्ययन पुरा गरेकी छिन्।

१८ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महत दुल्लु नगरपालिका –३ को वडा सभापतिमा निर्वाचित भइन्। १६ जना सभापतिका आकांक्षीका विचमा १३३ जना क्रियाशील सदस्य र पार्टीले सर्वसम्मत वडा सभापतिमा उनलाई विजयी गराएका हुन । 

उनी राजनीतिक वातावरणमै हुर्किएकी हुन । उनका बुवा भूपेन्द्रजंग महत कांग्रेस दैलेखको उपसभापति थिए। दुई वर्षअघि उनको मृत्यु भएको थियो।

उनकी आमा गाउँकै विद्यालयमा राहत शिक्षक छिन्। आमा बुवाले छोरी एचए पढेर स्वास्थ्यकर्मी बनेर जनताको सेवा गरोस् भन्ने सोचे पनि उनी राजनीतिमा होमिएकी छन्।

राजनीतिबाट समाज परिवर्तन गर्ने आफनो लक्ष्य रहेको उनको भनाई छ। कांग्रेस दैलेखका उपसभापति रहेका बुवाका अधुरा कामलाई पुरा गर्न पनि आफु पार्टीमा लागेको उनले वताईन।  समाज रूपान्तरण गर्न राजनीतिको आवश्यकता देखेपछि आफुले स्वास्थ्य क्षेत्रवाट बाटो मोडेको उनले बताइन्।

नेपाली काँग्रेस १९ वर्षकी किशोरी वडा सभापति स्वस्तिका महत

विशेष