News विदेश

पन्जशिर कब्जा गरेको खुसीमा काबुलमा हवाई फायर, गोली लागेर १७ को मृत्यु

पन्जशिर कब्जा गरेको खुसीमा काबुलमा हवाई फायर, गोली लागेर १७ को मृत्यु

तालिबानले अफगानिस्तानको पन्जशिर उपत्यकामा आफ्नो नियन्त्रण लिएको दाबी गर्दै राजधानी काबुलमा हवाई फायर गर्दा गोली लागेर १७ जनाको मृत्यु भएको छ। पन्जशिरमाथि विजयको खुसीमा तालिबानले काबुलमा हवाई फायर गरेको थियो। उक्त घटनामा अन्य ४१ जना घाइते भएका छन्। 

पन्जशिर उपत्यका अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिन नसकेको एक मात्र प्रान्त हो र त्यहाँ हजारौँ तालिबान विरोधी लडाकू जम्मा भएको मानिएको छ। तालिबान विरोधी फौज रेजिस्टेन्स फोर्सले उपत्यकाका सबै प्रवेशद्वार आफ्नो नियन्त्रणका रहेको र तालिबानका सयौँ लडाकू मारिएको दाबी गरेको छ।

अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्ला सालेहसहित अफगान सुरक्षा बलमा पूर्वलडाकू र स्थानीय लडाकूहरू रहेको विरोधी फौजको नेतृत्व स्थानीय नेता अहमद मसूदले गरिरहेका छन्।

मसूदका बुवा अहमद शाह मसूदले सन् १९८० को दशकमा सोभियत सङ्घको फौज र सन् १९९० को दशकमा तालिबानलाई पन्जशिर उपत्यकाका छिर्न दिएका थिएनन्।

दुई स्थानमा तालिबानसँग लडाइँ भइरहेको र ३५० तालिबानको मृत्यु भएको दाबी गरिएको छ। दुवै पक्षको दाबी पुष्टि भएको छैन । तालिबान लडाकूहरूले प्रहरी र सरकारका पूर्वअधिकारीहरूलाई खोजी खोजी हत्या गरिरहेको दाबी गरिएको छ।

सामाजिक सञ्जालमा तालिबानले गोली चलाएको भिडियो भाइरल भइरहेको छ। 

तालिबान अफगानिस्तान पन्जशिर उपत्यका काबुलमा हवाई फायर

विशेष