News

बझाङमा अनेरास्ववियू (क्रान्तिकारी) को सातौँ सम्मेलन सम्पन्न, अध्यक्षमा सिंह चयन 

बझाङमा अनेरास्ववियू (क्रान्तिकारी) को सातौँ सम्मेलन सम्पन्न, अध्यक्षमा सिंह चयन 

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) बझाङको सातौं जिल्ला सम्मेलन शनिबार सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ । सातौँ सम्मेलनबाट अनेरास्ववियू (क्रान्तिकारी) बझाङको जिल्ला अध्यक्षमा देबिजंग बहादुर सिंह, उपाध्यक्षमा दिपेन्द्र बहादुर सिंह र भरत आग्री सर्वसम्मत चयन भएकाछन् । 


सातौँ सम्मेलनबाट अनेरास्ववियू (क्रान्तिकारी) को जिल्ला सचिव सुशील पाण्डे, सह–सचिव शिवराज चलाउने, हिमाल खड्का, बिनय बि.क चयन भएकाछन् भने कोषाध्यक्षमा रुमला जाग्री चयन भएकिछिन् । सम्मेलनले ५१ सदस्यीय जिल्ला समिति गठन गरेको हो । 

नेकपा माओवादी केन्द्रका बझाङ जिल्ला अध्यक्ष मिनबहादुर कुवर, प्रदेश कमिटि सदस्य टोप बहादुर खड्का, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष जन्मदय जोशी, युवा नेता नरेन्द्र खड्का, रामचन्द्र रोकाया, रबिन बिसी लगायतका नेताहरुको अतिथि रहेका थिए ।  

अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश संयोजक मदन भुल, संगठनकै सुदूरपश्चिम प्रदेश कमिटि सहसंयोजक भिम भटट्, पार्वती नेगी तथा दिपक विसी पर्यवेक्षकको रुपमा कार्यक्रममा सहभागि भएका थिए । 

सातौँ सम्मेलनबाट सर्वसम्मत अनेरास्ववियू (क्रान्तिकारी) को जिल्ला अध्यक्ष चयन भएका देबिजगं बहादुर सिंहले विद्यार्थी आन्दोलन अब शसक्त रुपमा अगाडि बढ्ने प्रतिक्रिया दिएकाछन् । 


अबका दिनमा राष्ट्रियता तथा जनजिविकाका सवालमा अनेरास्ववियू अग्रपंक्तिमा खटेर काम गर्ने उपाध्यक्ष दिपेन्द्र सिंहको प्रतिक्रिया छ । संगठनले निजामति कर्मचारीका तथा शिक्षकका छोरा छोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनका लागि दबाव दिने समेत उपाध्यक्ष सिहंको भनाई छ । 
 

अनेरास्ववियू (क्रान्तिकारी)

विशेष