News

अछामका ८० वर्षीय भिकारी काँग्रेसको वडा सभापतिमा चयन 

अछामका ८० वर्षीय भिकारी काँग्रेसको वडा सभापतिमा चयन 

सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया सुरू भएको छ । यो कांग्रेसको सबैभन्दा तल्लो निकायको अधिवेशन हो । देशका करिब ५६ जिल्लाका वडाहरूमा अधिवेशन भैइरहेको छ । अधिवेशनबाट देशभरका ६ हजार ७ सय ४३ वडाबाट करिब ४ लाख प्रतिनिधि चयन हुने छन् ।

दैलेखको दुल्लु नगरपालिका वडा नं ३ को सभापतिमा १९ वर्षीया स्वस्तिका महत वडासभापति सर्वसम्मत निर्वाचित भएको समाचारले चर्चा पाइरहेका बेला अछाममा भने ८० वर्षीय बृद्ध भिकारी कुँवर वडासभापतिमा चयन भएका हुन् ।


जिल्लाको चौरपार्टी गाउँपालिका वडा नं ५ लुंग्राको सभापतिमा कुँवर सर्वसम्मत चयन भएका हुन् । भिकारीलाई पार्टीले सर्वसम्मत वडा सभापतिमा चयन गरेको हो । पार्टीले उनलाई सभापतिमा सर्वसम्मत चयन गरेपनि स्थानिय युवाहरु भने विरोध गरिरहेकाछन् । दैलेखमा १९ वर्षीय स्वस्तिका महत वडा सभापतिमा चयन हुँदैगर्दा अछाममा भने ८० वर्षका बृद्धलाई वडासभापतिको जिम्मेवारी दिइएको भन्दै सामाजिक सञ्चाललगायतमा पार्टीको निर्णयको युवाहरुले विरोध गरिरहेका हुन् ।

अछामको मंगलसेन नगरपालिका वडा नं ११ को सभापतिमा भने २२ वर्षीया जानकी रावल (भण्डारी) निर्वाचित भएकी छन् । जिल्लामै उनि पहिलो पटक कम उमेरकी महिला सभापति भएको काँग्रेस नेताहरुको दाबी छ । 

काँग्रेसको वडा सभापति

विशेष