News राजनीति

केन्द्रीयता लादेको भन्दै माओवादी रामेछापमा विद्रोहको तयारी

केन्द्रीयता लादेको भन्दै माओवादी रामेछापमा विद्रोहको तयारी

पार्टी भित्रको विवाद र हस्तक्षेपका कारण माओवादी केन्द्र रामेछापमा विद्रोहको तयारी सुरु भएको छ । स्थानीय नेता कार्यकर्ताले पार्टीमा केन्द्रीयता लादिएको आरोप लगाउँदै विद्रोह गर्ने तयारी गरेका छन् ।

माओवादी केन्द्रले युवराज चौलागाईंलाई इन्चार्ज बनाइएपछि सिङ्गो जिल्ला असन्तुष्ट छ। उनीहरुले बाग्मती प्रदेश समितिको आजको बैठक बहिष्कार गर्ने निर्णय गरेका छन्।

गत ६ भदौमा नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको थियो । सोहि वैठकवाट चौलागाईं इन्चार्ज तोकिएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको थियो।
 

माओवादी केन्द्र रामेछाप विद्रोहको तयारी

विशेष