News राजनीति

रिजालको टिप्पणी : सरकारले ‘टाउको दुखेको औषधी नाइटो’ मा लगाउने नीति लियो

रिजालको टिप्पणी : सरकारले ‘टाउको दुखेको औषधी नाइटो’ मा लगाउने नीति लियो

नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले चीनसँगको सिमा विवाद समाधानका लागि अध्ययन समिति गठन गर्ने सरकारको निर्णयको आलोचना गरेका छन् ।

शनिवार ट्वीटर मार्फत सरकारको आलोचना गरेका उनले समस्या जहाँ छ समाधान पनि त्यही खोज्न सुझाव दिएका छन् । भारतीय एसएसवीले तुईन काटेर नेपाली युवालाई खोलामा डुवाएको विषयमा वास्तै नगरेको सरकारले चीनसँग सुल्झिसकेको विषयलाई उछाल्न समिति गठन गर्ने निर्णय गरेको उनको आरोप छ।

‘समस्या जहाँ छ, समाधान त्यहीं खोज्नुको साटो ‘टाउको दुखेको औषधी नाइटो’ मा लगाउने सरकारको नीतिले नेपाललाई गम्भीर प्रभाव पार्दछ’ उनले ट्वीटरमा लेखेका छन्–‘जयसिंह धामीको हत्यालाई किटानीका साथ भारतसँग उठाउन नसक्ने, एमसीसीमा राष्ट्रिय सहमति बनाउन पहलै नगर्ने अनि चीनसँग सुल्झिसकेको विषयल उछाल्ने कार्य आश्चर्यजनक छ।’

सरकारले १६ भदौमा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति बनाउने निर्णय गरेको थियो। समितिले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सा सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेस गर्नेछ।

गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ सहितको समिति गठन गर्ने निर्णय भएको हो ।

हुम्लाबाट कर्णाली प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य जीवनबहादुर शाहीको नेतृत्वमा नेपाली कांग्रेसले गरेको स्थलगत अध्ययन अनुसार हुम्लाको सिमावर्ती क्षेत्र लिमी उपत्यमा चीनले नेपाली भुमी अतिक्रमण गरेर भवन निर्माण गरेको छ। उक्त स्थान सदरमुकाम सिमिकोटबाट ५० कोषमा पर्छ । 

चीनसँगको सीमामा सो भूगोलमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सिमाक्षेत्रमा शाहीको टोलीले ११ दिन लगाएर गरेको अध्ययनको निष्कर्ष अनुसार नाम्खाको लिमिमा चीन सरकारले करिब दुई किलोमीटर नेपाली भूमि अतिक्रमण गरेको छ।

योसँगै नेपाल–चीन सिमाका विभिन्न स्थानमा चीन तर्फवाट ३६ हेक्टर जमिन अतिक्रमणमा परेको तथ्यांक समेत सार्वजनिक भएको थियो ।

यो पनि

चीनले अतिक्रमण गरेको ३६ हेक्टर जग्गा खोज्न सरकारले गठन गर्यो अध्ययन समिति

कांग्रेसको सिमा विवादको मौसमी रुघाखोकी, सरकारमा गएपछि विशेक !

नेकपा (एमाले) विष्णु रिजाल चीनसँगको सिमा विवाद

विशेष