News

ओछ्यान परे ओली, भेटघाटका कार्यक्रम वन्द

ओछ्यान परे ओली, भेटघाटका कार्यक्रम वन्द

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ ।

हल्का ज्वरो आएकाले शनिबारका सबै कार्यक्रमहरु र भेटघाट रोकिएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले वताए । पछिल्लो समयमा निकै धपेडीमा परेकाले ज्वरो आएको हुनसक्ने उनको अनुमान छ।

शनिबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

गत फागुनमा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
 

केपी शर्मा ओली अस्वस्थ्य

विशेष