News राजनीति

भीम रावलको प्रदेशमा एमाले भन्दा नेकपा (एकिकृत समाजवादी) ठुलो

भीम रावलको प्रदेशमा एमाले भन्दा नेकपा (एकिकृत समाजवादी) ठुलो

सुदूरपश्चिम प्रदेशका थप तीन जना एमाले सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि एकीकृत समाजवादी नेकपा एमालेभन्दा ठूलो दल बनेको छ । यो प्रदेश नेकपा एमालेका उपाध्यक्ष भिम रावलको दवदवा भएको प्रदेश पनि हो ।

सांसदहरु तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका छन् । अब सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १३ र एमालेका सभामुखसहित १२ सांसद भएका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा सामेल हुन चाहे भदौ २२ सम्म सनाखत गर्न समयसीमा तोकेको थियो । सोही अनुसार सुदूरपश्चिम प्रदेशसभामा रहेका एमालेका १० सांसदले यसअघि नै नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका थिए ।

यसअघि पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउन, चुनकुमारी चौधरी, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा सामेल भइसकेका थिए ।

दल विभाजनपछि एमालेको तुलनामा नवगठित दल प्रदेशसभामा ठुलो देखिएको हो ।

सुदूरपश्चिम प्रदेश नेकपा (एकीकृत समाजवादी) नेकपा एमाले

विशेष