News राजनीति

सुर्य थापाको आलोचनापछि वामदेवको भावुक म्यासेज– भोली एकै मोर्चामा भेटौला

सुर्य थापाको आलोचनापछि वामदेवको भावुक म्यासेज– भोली एकै मोर्चामा भेटौला

नेकपा एमालेका तत्कालिन उपाध्यक्ष वामदेव गौतमले १८ भदौमा एमालेको सबै पद र जिम्मेवारीबाट राजीनामा दिए। माधवकुमार नेपालले पार्टी विभाजन गरेपछि लामो समयसम्म तठस्थ वसेर ओली र नेपाल दुवैतिर बार्गेनिङ गरिरहेपनि अन्तिम समयमा उनले नेपाललाई नै रोजे ।

पत्नी तुल्सालाई पहिला नै नेपालको समाजवादीतिर खुल्न पठाएका गौतमले ओलीतिर आफनो दुनो सोझो नहुने देखेपछि नेपालाई राजेको नेताहरु वताउँछन् । एमाले छोड्दा गौतमले राजिनामा पत्रमा अध्यक्ष केपी शर्मा ओलीलाई लम्वेतान आरोप लगाए।

यता, उनले पार्टी छोड्नासाथ एमालेका धेरै नेताले उनी माथि शब्दवाँण प्रहार गरे। त्यसमध्ये नेकपा एमालेका नेता सूर्य थापाले वामदेव गौतम एकै दिनमा तीनवटा कुरा गर्ने अस्थिर स्वभावको भएको भन्दै टिप्पणी गरे। उनले फेसवुकमा लेखेका छन्, ‘उनी एकै दिनमा तीन थरी कुरा गर्थे। बिहान घरबाट निस्किँदा नेकपा (माले)को पक्षमा कुरा गर्थे। दिउँसो माओवादी बनिसक्थे। र, बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे।’
 
अस्थिरताको हिसाबमा नेता गौतम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाइजस्तै लाग्ने थापाले टिप्पणी गरे। एमालेबाट विभाजित बनेर माले बनेको २०५४–२०५८ अवधिमा पनि उनको यस्तै अस्थिरता रहेको आरोप लगाएका छन्। 

‘खासमा अस्थिरताको हिसाबले यिनी पुष्पकमल दाहालको सास्खै सानी आमाको छोरा भाइजस्तै लाग्छन् र छन्। २०५४–५८ ताका यति अस्थिर र चञ्चल व्यक्ति नेपाली राजनीतिमा को थियो?’ 

उनले अगाडि लेखे– ‘यही कारण अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा एमालेको एकता, दुई तिहाईको कम्युनिस्ट सरकार र आफ्नै इतिहाससमेत संकटको भीरको डिलमा पु¥याएर आज स्वयं किनारा लाग्न पुगे? अनि, हिजोदेखि व्यक्तिमा सीमित बने ?सही उत्तर मिलाउनुहोस?’ 

थापा लगायतका एमाले नेताको शब्द वाँणवाट आहत भएका गौतमले आज अध्यक्ष ओली लगायतका नेतालाई भाईवर मार्फत भावुक म्यासेज पठाउँदै अध्यक्ष ओलीको मुखराविन्दबाट दुर्वचन, अपशब्द र मिथ्या वाहेक केही सुन्न नपाइने आरोप लगाएका छन् । उनले आफुले एमाले छोडेपनि कम्युनिष्ट आन्दोलन नछोडेको र भविष्यमा एउटै मोर्चामा सँगै काम गर्नु पर्न सक्ने भन्दै घुर्कि समेत लगाएका छन् ।

नेता गौतमले पठाएको म्यासेजमा भनिएको छ–‘नेपालको सबै भन्दा ठूलो पार्टीका अध्यक्ष कमरेड केपीको मुखराविन्दबाट दुर्वचन, अपशब्द र मिथ्या बाहेक अरु केही सुन्न नपाइने भयो। मैले एमाले पार्टी छोडे पनि कम्युनिस्ट आन्दोलन छोडेको छैन। खÞ्याल रहोस् भविष्यमा कतिपय मोर्चाहरुमा सँगै काम गर्न पनि पर्नसक्ने हुन्छ ।’

यो पनि

वामदेले जाँदाजाँदै ओलीलाई लगाए यस्तो आरोप, नेपालले पुरा गरे उनका तीन सर्त ?

वामदेव गौतम

विशेष