News

केपी ओलीको अपहरण विभाग उपप्रमुख श्रेष्ठ मन्त्री वन्ने पक्का

केपी ओलीको अपहरण विभाग उपप्रमुख श्रेष्ठ मन्त्री वन्ने पक्का

नेकपा एमालेका अध्यक्ष कपी ओलीका अपहरण विभाग उपप्रमुख कृष्णवहादुर श्रेष्ठ (किसान) मन्त्री वन्ने पक्का भएको छ। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिृत समाजवादी)का तर्फवाट उनलाई मन्त्री वनाउन लागिएको हो ।

कोरोना कहर र लकडाउनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजबादी पार्टीका सांसदलाई मधेशबाट काठमाण्डौं झिकाउने काममा सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसान र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल खटिएका थिए । सांसद काठमाण्डौ ल्याउन प्रयोग भएको टोलीलाई बिपक्षीले अपहरणकारीको संज्ञा थिए । तर बस्नेत नेतृत्वको तीन सदस्यलाई ओली पक्षले भने शानको रूपमा लियो ।
 
अहिले तिनै तीन सदस्य मध्यका उपनेता किशानले कित्ता परिबर्तन गरेका छन । प्रधानमन्त्री शेरबहादुर देउबालाई विश्वासको मत नदिने एमालेको निर्णय बिपरीत उनले मतदान गरे । प्रेम आलेलगाएत केहीले कित्ता परिबर्तन गर्न सक्ने चर्चा चलेको थियो । तर किशानका बारे ओली पक्षले आशंका समेत गरेको थिएन।

उनै श्रेष्ठको नाम अहिले नेकपा (एस) ले मन्त्रीका लागि छनौट गरेको छ । श्रोतका अनुसार नेकपा (एकिकृत समाजवादी) ले सरकारमा पठाउन ६ जनाको नाम टुङ्गा लगाएको छ। सरकारमा ६ मन्त्रालय पाउने निश्चित भएपछि किसानसहित जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री र प्रेम आलेको नाम छनौटमा परेको स्रोतले जनाएको छ।

कुन–कुन मन्त्रालय पाउने भन्ने पक्का नभएकोले मन्त्रीहरुको बरियता के हुने भन्ने टुङ्गो लागेको छ। किसान श्रेष्ठ तनहुँबाट र राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी सम्हालि सकेका जिवनराम श्रेष्ठ काठमाडौंको क्षेत्र नं. ८ बाट विजयी सांसद हुन् । खतिवडा मकवानपुर जिल्लाको क्षेत्र नं. २ बाट विजयी सांसद हुन् भने चौधरी दाङबाट र आले डोटीबाट निर्वाचित सांसद हुन् । विद्यार्थी राजनीतिवाट आएकी झाँक्री भने समानुपातिक सांसद हुन् ।

केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका आले आफूलाइै ओलीले रातारात मन्त्रीबाट हटाएको भन्दै आक्रोशित थिए । 

आयोगबाट भर्खरै मान्यता पाएको एकिकृत समाजवादीमा मन्त्रीका लागि नेताहरूबीच हानथाप छ। त्यसैले अहिले नै मन्त्री वन्नेहरुको नाम आधिकारीक रुपमा सार्वजनिक गरिएको छैन । बिरोध खतिवडा, कल्याणी खड्का, मेटमणी चौधरी, प्रेम आले, कृष्णकुमार श्रेष्ठ (किसान), रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डेय, हिराचन्द्र केसी, जीवनराम श्रेष्ठ, निरादेवी जैरु, तुल्सी थापा र खिमलाल देवकोटासहित थुप्रै नेता मन्त्रीका तीव्र आकांक्षी छन्।

सांसद मेटमणी चौधरी, प्रेम आले र कृष्णकुमार श्रेष्ठ (किसान)ले मन्त्री नपाए साथ छोड्ने भन्दै नेता नेपाललाई धम्की दिएका थिए ।

यो पनि

एकीकृत समाजवादीमा सुरु भयो ‘मन्त्री म्याराथन’, मन्त्री नपाए पार्टी छोड्ने धम्की

ओली समुहका ‘अपहरण विभाग उपप्रमुख’ श्रेष्ठले दिए देउवालाई मत !

माधवकुमार नेपाल कृष्णवहादुर श्रेष्ठ

विशेष